LIVE 
नेपाल रेडक्रस सोसाइटी महुवनको उपशाखा कार्यलय भवन मेयर जसवन्त यादव द्वारा शिलान्यास | बिल बिना को बालुवा लग्दै गरेको टिपर , सखुवा प्रसौनी गाउँपालीका अध्यक्ष यसवन्त यादव को नियन्त्रण मा | बिल बिना को बालुवा लग्दै गरेको टिपर , सखुवा प्रसौनी गाउँपालीका अध्यक्ष यसवन्त यादव को नियन्त्रण मा | कालिकामाई गापामा वडा कार्यालय र बिधालय भवनको अध्यक्ष गुप्ताद्वारा शिलान्यास | सहकारी केन्द्र नेपालको प्रथम पर्सा जिल्ला भेला सम्पन्न | सहकारी केन्द्र नेपालको प्रथम पर्सा जिल्ला भेला सम्पन्न | धोबिनी गापामा बिकासको काम कम र तालिम गोस्टी लाई बढि महत्व | तराईमा तातो हावा को लहर तीन (३) दिन सम्म चल्ने - Pradesh TV | लोक सेवा आयोगको परीक्षामा १६ पटक असफल भएका ‘‘पप्पु’’ बने ‘‘इन्स्पेक्टर’’ | स्व. कृष्णसेन स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल पर्साका २ जना पत्रकारलाई सम्मानित |

काठमाडौं : प्रदेश २ को स्थायी राजधानी र नाम टुंग्याउन १६ सदस्यीय समिति गठन गरिएको छ । प्रदेश सभाको मंगलबार बसेको बैठकले प्रदेश सभाका सभामुख सरोजकुमार यादवको सभापतित्वमा १६ सदस्यीय समिति प्रस्ताव पारित गरेको हो।

बैठकमा सभामुख यादवले प्रदेशको राजधानी र नामाकरण सम्बन्धी प्रस्ताव अध्ययन गर्न दलीय सहमतिको आधारमा समितिमा रहने सदस्यहरुको नाम, कार्यक्षेत्र, कार्यविधि र कार्यअवधि सहित ‘राजधानी तथा नामाकरण अध्ययन विशेष समिति, २०७८ गठनको प्रस्ताव पेश गरेका थिए। जसलाई प्रदेश सभा सदस्यहरुले पारित गरेको हो।

समिति सभापतिमा सभामुख यादव र उपसभापतिमा उपसभामुख उपमा कुमारी देव छन्। त्यस्तै, सदस्यहरुमा उपेन्द्रप्रसाद कुशवाहा, किशोरी साह (कमल), जगतप्रसाद यादव, दीलिपकुमार साह, परमेश्वर साह, विन्देश्वरप्रसाद यादव, शत्रुधन महतो, शारदादेवी थापा, शिवचन्द्र चौधरी, शैलेन्द्रकुमार यादव, सञ्जयकुमार यादव, सावित्रीदेवी साह, सुन्दरबहादुर विश्वकर्मा र सुरिताकुमारी साह छन्।

समितिले आफ्नो कार्याविधि आफैंले व्यवस्थित गर्न सक्नेछ। समितिले आवश्यक देखेमा विशेषज्ञ लगायत सम्बन्धित व्यक्तिहरुको सहयोग लिन, स्थलगत भ्रमण तथा अन्तरक्रिया र छलफल लगायतको कार्य गर्न सक्नेछ।

प्रदेश २ को नामका लागि मधेश, जानकी, मिथिला भोजपुरा र मध्यमधेश नाम प्रस्ताव गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको