LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनका बारेमा बन्दसत्रमा छलफल भइरहेको छ। ४५ पृष्ठ लामो दस्तावेजमा २५ समूहको छलफल पछि राय सुझाव संकलन हुनेछ।

प्रचण्डले दस्तावेजमा उनी आफू स्वयं र पार्टीको समिक्षा गरेका छन्। शान्ति प्रकृयादेखि लडाकु समायोजन र संविधान निर्माणसम्म गम्भीर गल्तीहरु भएका स्विकार गरेका छन्।

‘शान्ति सम्झौतादेखि लडाकु समायोजन जस्ता विषयमा पार्टीभित्र बृहत छलफल गर्नुको सट्टा संवेदनशील निर्णयमा अध्यक्ष प्रचण्डको मनोगत निर्णयले जनवादी केन्द्रीयतामा अतिक्रमण भएको प्रचण्डको निष्कर्ष छ।

त्यस्तै शान्ति सम्झौतापश्चात सेना समायोजन र हतियार क्यान्टोनमेन्टमा राखिसकेपछि पनि विद्रोहको कुरा गरेर गल्ती गरेको पनि उल्लेख गरेका छन्। यसबाट अधिकतमा प्रगतीशील संविधान निर्माणमा ठूलो क्षति पुगेको निष्कर्ष छ।

पार्टीभित्र देखिएको सांस्कृतिक विचलन सुधार गर्नका लागि विभिन्न उपायहरुसमेत उनको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको