LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

एजेन्सी : दक्षिण भारतीय स्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ थिएटरमा रिलिज भइसकेको छ। फिल्ममा दिनमा दुई गुना रातमा चौगुना हिसाबले बक्सअफिसमा जबरदस्त कमाई गरिरहेको छ।

निर्देशक सुकुमारको निर्देशनमा बनेको यो फिल्म दक्षिण भारतका मात्र नभई हिन्दी भाषाका दर्शकले पनि उत्तिकै मनपराइरहेका छन्। फिल्ममा अल्लूको अभिनयलाई सबैले तारिफ गरेका छन् । हालैमात्र निर्देशक सुकुमारले फिल्मको क्लाइमेक्स दृश्यका बारेमा मिडियासँग कुराकानी गरेका थिए।

सुकुमारले फिल्मको क्लाइमेक्स दृश्यमा अल्लु र फहाद फासिललाई देखाउन चाहन्थे। तर दर्शकको भावनालाई ध्यानमा राख्दै उनले क्लाइमेक्स दृश्यमा ट्वीस्ट ल्याइदिए । जबकी यसको वास्तविक सट फरक थियो।

‘अल्लू र फहाद क्लाइमेक्स दृश्यका लागि न्यूड हुन्छन् । तर हामीले यो कारणले दृश्य हटायौं कि तेलुगू दर्शकका लागि न्युड दृश्य केही बढी नै हुन्छ । यसको बद्लावको बाबजुद फिल्ममा कैयौं यस्ता दृश्य छन् जुन दृश्य दर्शकलाई वास्तविक लाग्छ’, उनले भनेका छन् ।

सुकुमारले रश्मिका र अल्लूलाई लिएर अर्को एक दृश्य खिचेका थिए । जसमा दर्शकको निकै खराब प्रतिक्रिया आयो । फिल्म रिलिज भएपछि यो दृश्यलाई हटाउन निकै माग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको