Pradesh TV
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
TRENDING
सेना समाचार नेपाली सेना सेना कोरोना प्रधानसेनापति प्रधानसेनापति पूर्णचन्द्र थापा छठ पर्व तिहार
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
pradeshtv-tv-pradesh-logo
No Result
View All Result

किसान लाई राहत देउ,आई टि आर्मी पर्सा, अध्यक्ष-सन्तोष पटेल

पर्सा ६ कार्तिक । अाई टी अार्मी किसान संघर्स समिति पर्सा द्वारा अाज किसान हरु को समस्या बारे प्रधानमन्त्री र मुख्यमन्त्री लाई ज्ञापनपत्र बुझाएका छन। अाईटी अार्मी पर्सा अध्यक्ष संतोष कुमार पटेल ,राष्ट्रिय युवा परिषदको जिल्ला अध्यक्ष अमिताभबचन दास,राष्ट्रिय युवा परिषदको जिल्ला अध्यक्ष पुर्व संसद ईसलाम हवारि,कृषिसक जगरनाथ राउत कुर्मी,हिरा राउत कुर्मी,बिहारी महतो,नगर सहसंयोजन मखन पटेल, रामाधार पटेल लागाएत जिल्ला प्रसाशन कार्यालय पर्साका प्रमुख संग भेटेर पिडित किसान हरु को समस्या बारे ज्ञापनपत्र बुझाउनु भएको छ।विज्ञापती मार्फत प्रधानमन्त्री र मुख्यमन्त्री लाई पठाएका हुन।विज्ञपती मा प्रस्तुत विषयमा सर्वप्रथम, नेपालको कुल जनसंख्याको लगभग दुईतिहाई संख्या ओगटेको सोझा साझा श्रमवीर किसानहरु जसले देशको अर्थतन्त्रको कुल गृहस्थ उत्पादन मा एकतिहाई योगदान गर्दै आएको छ, उसको पीडा एवं समस्याप्रति राज्यको चरम उदाशीनता, लापरवाही एवं अकर्मण्यताप्रति आक्रोशपूर्ण गहिरो चिन्ता एवं खेद प्रकट गर्दै असोज ३१ गते साँझदेखिको बेमौसमी अविरल वर्षाको कारण बाढीपहिरोमा परी ज्यान गुमाएका मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली, बेपत्ताहरुको अबिलम्ब युद्धस्तरमा खोजीको माग, घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना तथा शोकाकुल, पीड़ित एवं प्रभावित दिदीबहिनी तथा दाजुभाईहरुमा गहिरो समवेदना एवं सहानुभूति व्यक्त गर्दछौं ।
देशमा क्रियाशील ७६१ ओटा संवैधानिक सरकारमध्य किसानको पिरमार्का सुन्ने – बुझ्ने र पीडाको घाउमा मलहम बन्ने फुर्सत कुनै एउटा पनि सरकारलाई नहुनु विडम्बनापूर्ण दुखद चिन्ता एवं खेदको विषय हो । के आफ्नो पसीना र पौरखले तपाई हामी सबैको लागि अन्न उत्पादन गर्ने श्रमजीवी किसानहरुको दुख, पीडा र समस्याको समाधान राज्यको दायित्वभित्र पर्दैन ? मुलुकमा राजनीतिक बदलावको नाममा पटक पटक व्यवस्था परिवर्तन भयो तर हाम्रो श्रमवीर किसान दिदीबहिनी तथा दाजुभाईहरुको अवस्थामा तात्विक परिवर्तन किन आएन ? कृषिप्रधान देशमा मुलभूत रुपमा किसानको अवस्थामा क्रान्तिकारी सुधार/परिवर्तन बिना देशको समृद्धि र विकास कसरी सम्भव हुन्छ ? देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा अनवरत क्रियाशील किसानहरुलाई कहिले अतिवृष्टि त कहिले अनावृष्टि लगायतका प्राकृतिक प्रकोप/विपत्तिबाट हुने क्षतिको भरपाईको लागि उचित राहत प्याकेजको व्यवस्था, समयमैं गुणस्तरीय विउ, मलखाध र सिंचाईको प्रबन्ध, कम्तिमा योगदानको अनुपातमा सहुलियत कृषि ऋण, प्रभावकारी कृषि अनुदान एवं विमाको प्रबन्ध, कृषि उपजको प्रभावकारी भण्डारण एवं बजारीकरणको व्यवस्था तथा अन्नदातालाई सम्मान एवं प्रोत्साहन स्वरूप पेनसनको व्यवस्था गर्न सम्भव छैन र ! यी र यस्ता आधारभूत समस्याहरु समेत समाधान गर्न नसक्ने वा गर्न नचाहने संघ, प्रदेश र स्थानीय सरकारहरुको आवश्यकता रहेको छ।
गत साता अविरल वर्षा तथा हावाहुरीका कारण किसानले लगाएको धान वाली नष्ट हुन गएको कुरा लुकेको छैन । भित्र्याउनका लागि काटिराखेको धान पानी जमेर कुहिएको छ भने काट्नलाई तयार बाली हावाले भाँचिदिएपछी नष्ट भएको छ । जसको मर्का किसानले सहन गर्न सक्ने स्थिति छैन । मुख्य वालीको रुपमा रहेको धान नष्ट हुँदा किसानलाई खानलाउन समेत कठिन हुने यस स्थितिमा क्षतिपुर्तिका लागि तत्काल राहत प्याकेज घोषणा गर्न सरकारको ध्यानाकर्षनसहित जोडदार माग गर्दछौँ । साथै, विगतमा हामीले किसानका लागि अघि सारेका मांग हरुलाई पुन एकपटक स्मरण ध्यानाकर्षण गराउन सान्दर्भिक ठान्दछौं ।
साथै, हाम्रा मागहरुलाई स्थानीय प्रशासन तथा राज्यले तत्काल कार्यान्वयन नगराए हामी कडाभन्दा कडा सशक्त संघर्षका कार्यक्रमहरू गर्न बाध्य हुने तथा त्यसबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवारी राज्य स्वयंले लिनुपर्ने विषय अवगत गराउँदै यो ज्ञापन-पत्र पेश गर्दछौँ । मागहरु:
१) बेमौसमी वर्षाले पीडित किसानलाई उचित राहत तथा क्षतिपूर्तीको व्यवस्था गर ।
२) कृषि बिमा लागु गर ।
३) अन्नदाता किसानलाई पेन्सनको व्यवस्था गर ।
४) ट्रयाक्टरमा लाग्ने सम्पूर्ण कर खारेजी गर ।
५) पर्याप्त एवम सहज रूपमा कृषि ऋण उपलब्ध गर ।
६) पर्याप्त मलखाधको व्यवस्था गर ।
७) कृषि उपजको प्रभावकारी भण्डारण एवं बजारीकरणको व्यवस्था गर ।
बोधार्थ:
१. प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
सिंहदरबार, काठमाडौँ ।
२. प्रदेश नं. २ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय
जनकपुरधाम ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार

तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डलाई युवाहरूले दिए बधाई एवं शुभकामना

जिराभवानीको बजेटमा ६०/४० को भागबण्डा, ४७ लाख तालिममै खर्च, असुली गर्न निर्देशन

बरियारपुरको भूतही पुल नजीक एक व्यक्तिलाई गोली हत्या।

शिक्षकको हत्या आरोपमा दम्पती पक्राउ

नयाँ सरकार बन्छ: जनार्दन शर्मा

आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान र देवर पक्राउ |

ताजा समाचार

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

बिधालयमा राजनीति गर्दै प्रधानाध्यापक र बिधालय ब्यवस्थापन समितिको अध्यक्ष यादव

बिधालयमा राजनीति गर्दै प्रधानाध्यापक र बिधालय ब्यवस्थापन समितिको अध्यक्ष यादव

नेपालका सम्पूर्ण सरकारी वेवसाइटहरु down भएका छन् ।

नेपालका सम्पूर्ण सरकारी वेवसाइटहरु down भएका छन् ।

विरगंज महानगरपालिका को कमि यस्तानिय लाइ समस्या |

विरगंज महानगरपालिका को कमि यस्तानिय लाइ समस्या |

विश्वमा सबै भन्दा धेरै रेमिटेन्स भित्राउने मुलुकमा नेपाल २३औं स्थानमा छ। नेपालले सन् २०२२ मा कूल ८५० करोड डलर भित्रायो। भारत नं १ मा छ।

विश्वमा सबै भन्दा धेरै रेमिटेन्स भित्राउने मुलुकमा नेपाल २३औं स्थानमा छ। नेपालले सन् २०२२ मा कूल ८५० करोड डलर भित्रायो। भारत नं १ मा छ।

यो वेबसाइट नेपाली  भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन बिस्तृत…

हाम्रो बारेमा

प्रदेश टिभी अनलाइनपोर्टल

 वीरगंज -१३ , पर्सा

सम्पर्क नं. ९८६५२६६१२७

 [email protected]

हाम्रो टीम

प्रकाशक : प्रदेश टिभी अनलाइन पत्रिका

संचालक/सम्पादक : ……………….

स-सम्पादक : ………….

समाचारका लागि सम्पर्क नं.: ९८६५३६९९०६

विज्ञापनका लागि : ९८६५३६९९०६

फेसबुकमा हामी

© 2020 Pradesh TV

  • Privacy Policy
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर