LIVE 
हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप | लेखा अधिकृत पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा | प्रतिनिधिसभा नियमावली संशोधनको तयारी, मस्यौदा समिति गठन हुने | प्रहरी कारबाहीविरुद्ध लेखापढी व्यवसायी आन्दोलित | ओली पक्राउ राजनीतिक प्रतिशोध: कोशी एमालेको कडा प्रतिक्रिया | शनिबार बिहानै पक्राउ, एमालेले सुरु गर्‍यो विरोध प्रदर्शन | आदर्श कोतवालमा बिलका भरमा लाखौँको घोटाला, ३८ लाखको मसलन्द खरिदमा व्यापक अनियमितता | नेपाली कांग्रेस भित्र अनुभव र सुझबुझको आधारमा डा. चन्द्रमोहन यादव संसदीय दलको नेता बन्ने चर्चा |

बिरगंज ८ असोज । प्रदेश नं.२ सरकारको लोकप्रिय कार्यक्रम मुख्यमन्त्री “बेटी पढाउ, बेटी बचाउ” अभियान अन्तर्गत नेपाल राष्ट्रिय मा. वि. पटेर्वा सुगौली गाउँपालिका ४ नं. वडा पथरैयामा अध्ययनरत कक्षा-८ का ६ जना छात्राहरुलाई साईकल वितरण गरिएको छ ।यस अघि श्री नेपाल राष्ट्रिय मा. बि. निचुटामा ४४ थान,
नेपाल राष्ट्रिय मा. बि. सुगौलीमा ५१ थान, नेपाल राष्ट्रिय आ. बि. पटेर्वामा ८ थान, नेपाल राष्ट्रिय आ. बि. लक्षमिपुरमा १८ थान, नेपाल राष्ट्रिय आ. बि. बेलवामा १७ थान, नेपाल राष्ट्रिय मा. बि. रङ्गपुरमा ४६ थान गरि पटेर्वा सुगौली गापाको ७ बिधालयलाई १९० थान साइकल कक्षा ८ मा अध्यनरत छात्राहरुलाई वितरण गरिएको थियो ।श्री जनता आधारभुत बिधालय पटेर्वा सुगौली गाउँपालिका ४ नं. पथरैयाको अध्यक्ष रामेश्वेर राउतको अध्यक्षतामा भएको कार्यक्रममा जसपा नेपालको जिल्ला अध्यक्ष रामनरेश यादव, प्रदेश सदस्य दिपक यादव, क्षेत्रिय अध्यक्ष नगेन्द्र यादव, युवा नेता शिव कुमार साह र पालिका शिक्षा प्रमुख सम्भु साह तेलिले शुभकामना ब्यक्त गरेका थिए ।कार्यक्रममा जसपा नेपालको स्थानीय नेता रसिद मिया, नेपाल शिक्षक महासंघ पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष मोहन दास, प्र.अ. लक्षमी नारायण ओझैया, इलाका प्रहरी पथरैयाका प्रहरी सहायक निरीक्षक कृष्ण यादव, बिधालयका शिक्षक र बिद्यार्थी एवं स्थानीय नागरिकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको