LIVE 
ओडिसामा नेपाली विद्यार्थीमाथि दुर्व्यवहार: पाँचजना पक्राउ | भारतमा नेपाली छात्रा मृत्यु प्रकरण : होस्टल फर्किन नेपाली विद्यार्थीले राखे ८ बुँदे शर्त | भारतमा नेपाली छात्रा मृत्यु प्रकरण : होस्टल फर्किन नेपाली विद्यार्थीले राखे ८ बुँदे शर्त | सखुवा प्रसौनीमा ३० औं महान जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न | सखुवा प्रसौनी–२ रामभौरीमा शिव–पार्वती मन्दिर प्राण प्रतिष्ठान तथा साप्ताहिक भागवत ज्ञानको जलयात्रा | बहुदरमाई नगरपालिकामा युवा नेतृत्वको माग, युवा नेता चन्दन यादव लोकप्रिय बन्दै - Pradesh TV | एच.पि.भी.खोप अभियानमा सहयोग गरिदिन नगर उपप्रमुख रुबी ठाकुरको अाग्रह। | द ह्युमन लभ च्यारिटी/फण्ड’ द्वारा निःशुल्क एसईई कक्षा सञ्चालन | प्रेस सेन्टर नेपालको २१औँ स्थापना दिवसको अवसरमा वीरगञ्जमा प्रभातफेरी र रक्तदान कार्यक्रम सम्पन्न | |

बिरगंज ४ असोज । छिन्नमस्त बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव निरीक्षक प्रकाश चन्द्र गौतमले आज छिपहरमाई गाउँपालिका को भिस्वा बंजारी मा रहेको सशस्त्र प्रहरी बल बोर्डर अाउट पोस्ट को नवनिर्मित भवन को उद्घाटन गरेका छन ।सशस्त्र प्रहरी प्रदेश नम्बर २ का प्रमुख समेत रहेका गौतमले आजै पर्सा जिल्लामा नवनिर्मित ६ ओटा सशस्त्र प्रहरी बल बोर्डर अाउट पोस्ट को नवनिर्मित भवन को उद्घाटन गरेका हुन। सशस्त्र प्रहरी बल बोर्डर अाउट पोस्ट भिस्वाबंजारी मा उद्घाटन गर्दै सशस्त्र प्रहरी नायब निरीक्षक गौतमले भने जनता हरु को सहयोग र सहकार्य बिना कुनै समभौव छैन शान्ति सुरक्षाको उचित प्रबन्ध भएन भने बिकास नहुने भन्दै सीमा सुरक्षा र शान्ति सुरक्षामा सशस्त्र प्रहरीले अतुलनीय योगदान पुर्‍याएको चर्चा गरे।

देश मा अाएको कोभिन करोना को सम्य मा अाफ्नो को जानको प्रवाह नगरी अहोरात खटी सशस्त्र प्रहरी हरु ले करोना को कहर बाट जनता हरु लाई बचाउन सहयोग गर्नु भएको मा सशस्त्र प्रहरी हरु लाई बधाई समेत दिनुभएका छन।अन्य प्रदेश को तुल्ना मा प्रदेश नं २ का सशस्त्र प्रहरी ले उत्कृष्ट काम समपादन गरेको हुदा अाफ्नो मातहत का सशस्त्र प्रहरी हरु बधाई समेत दिनु भएको छ।सरकारको नीति अनुसार सीमानामा ५ सय बि ओ पी पोष्ट स्थापना गर्ने लक्ष्य रहेको र त्यसै अन्तर्गत कै आज पर्साको ६ ओटा स्थानमा बि ओ पी भवन उद्घाटन गरिए को छ।सीमा आफैंमा संवेदनशील विषयवस्तु भएकाले दुई देशको समन्वयमा कुशलता पूर्वक सशस्त्र प्रहरीले जिम्मेवारी निर्वाह गरिरहेकाले सीमामा आइपर्ने हरेक समस्यामा सुरक्षा निकाय र जनस्तरमा आपसी समन्वय गरी समाधान खोजिनुपर्ने धारणा समेत गौतमले व्यक्त गरे।खुल्ला सीमा भएकाले जस्तोसुकै गतिविधि हुने भएको हुँदा गैर कानुनी गतिविधिलाई सशस्त्र प्रहरीले क्षमा नदिने भन्दै सीमा सुरक्षा र शान्ति सुरक्षामा कुनै कसर बाँकी नराख्न गौतमले निर्देशन समेत दिएका थिए। यदी मेरो मातहत का सशस्त्र प्रहरी हरु ले जनता हरु को दुख दिने काम गरेमा मलाई जानकारी दिनु म कार्वाही गरिने त्यार रहेको छु।अाज को उदघाटन कार्यक्रम भिस्वाबंजारी ,पकहामैनपुर ,अमरपटी, ठोरी को २ भन्सार ,ठोरी ३ ब्रहम नगर,ठोरी ५ सुवर्णपुर, स्थानमा सशस्त्र प्रहरी बिअोपी को नवनिर्मित भवनको उदघाटन समपन भएको थियो । बिअोपी उदघाटन कार्यक्रम मा सशस्त्र प्रहरी उरिक्षक राजेन्द्र खडका, बिअोपी भिस्वा बंजारी का सशस्त्र प्रहरी निरिक्षक कृष्ण पौडेल, छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता , जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँ , पुर्व मुखिया रामेश्वर महतो,समसुल मियाँ ,वार्डअधयक्ष रामबालक राउत गदी,जितेन्द्र वर्मा, बिअोपी भिखमपुर का सशस्त्र प्रहरी निरिक्षक राजाराम बस्नेत, लगायत को सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको