LIVE 
पर्सा क्षेत्र नं. ४ मा एमाले उम्मेदवार जालिम मियालाई जिताउन भ्रष्टाचार मुद्दामा निलम्बित मनोज गुप्ता चुनावी प्रचारमा | बीरगंजको छोटी भन्सार पन्टोका नाका तस्करीको केन्द्र: नेपाल प्रहरी र सशस्त्र प्रहरीकै संरक्षणमा तस्करी फस्टाउँदै | पर्साको ड्राईपोर्ट र परवानिपुरमा ट्राफिक प्रहरी ड्युटी भन्दा बढी सवारीसाधनहरु सित पैसा असुल्नमा व्यस्त | पर्सामा फस्टायो तस्करी, तारकेश्वर र नरेश सहित दर्जनौं तस्करलाई जिल्ला प्रहरीले दियो लाईन | वीरगन्ज भन्सारमा ‘कृष्ण–लीला’ सुरु, सेटिङ मिलाउन वस्तुको पहिचानै गायब | छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ता सहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर | धार्मिक सद्भाव र शान्तिका लागि वीरगञ्जमा सर्वपक्षीय बैठक: पाँचबुँदे सहमति | पोखरिया नगरपालिकाको १०औँ हिउँदे नगरसभा सम्पन्न | भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री राज कुमार गुप्तालाई विशेष अदालतबाट थुनामा राख्न आदेश | वीरगंजमा आर्थिक चलखेलमा लाईसेन्स बिक्री हुँदै, असुली गर्दै यातायात कार्यलय र ट्राफिक कार्यालयका बिचौलिया |

लालबाबु बानिया पर्सा ४ असोज ।
लागू अौषध गाँजा चरसको केन्द्र बिन्दु बनेको छ पर्सा जिल्लाको भिस्वा , झलमहिया धोबिनी र मुडली टिनडोबिया रहेको छ। तस्कर हरुले मकवानपुर जिल्ला बाट जंगल क्षेत्रको सिमावर्ती गाउँ हरुबाट लयार भिस्वा ,झलमहिया,धोबिनी र मुडली टिनडोबिया मा भण्डारन गरि राखिएको र नेपाली एव भारतिय तस्कर हरुले भरियाको माध्यम बाट गोरेटो बाटो र मोटरसाइकल बाट भिस्वा सिकटा र बुढगाई बलथर नाकाको थाना क्षेत्र भएर भारतको बिभिन स्थान भावरा भवरी ,बलथर,सिकारपुर , मर्जदवा, लगायत स्थानमा लगेर बिभिन स्वारी साधन बाट भारतको शहर गोरखपुर ,खगडिया, दिल्ली , पंजाब लगायतको स्थान हरुमा पुर्याउने गरिरहेका छन। अहिले सिमावर्ती क्षेत्रमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको सरक्षणमा लागू अौषध गाँजा ,चरसको भण्डारण भईरहेको छ। अहिले यता गाँजा चरसको कारोबार फस्टाएकोले भारतिय तस्कर हरु रात्रीमा गाउँ गाउँमा अाउने गरिरहेको हो। लागू अौषध गाँजा चरसको कारण भिस्वा , झलमहिया, धोबिनी , मुडली टिनडोबिया गाउँमा तस्कर हरुको चहल पहल देखीएको कारण स्थानिय हरु डरत्रासमा बसेका छन। यसको प्रमाण अाईतबार भिस्वा सिकटा नाका बाट भारतिय एसएसबीका जवान हरुले मोटरसाईकलमा रहेको दुई किलो चरस समेत एक जना नेपाली तस्कर लाई पक्राउ गरेको छ । अाईतबारको दिन नेपालको धोबिनी गाउँ बाट मोटरसाइकलमा लुकाई छिपाई चरस भिस्वा नाका हुँदै भारत तरफ लगिरहेको अवस्थामा सिमामा रहेको भिस्वा प्रहरी चौकी र सशस्त्र प्रहरी बोर्डर अाउट पोष्ट भिस्वाको चेक पोस्टले चेकजाँच नगरिएको र भारतिय सिमामा रहेको एसएसबीले चेकजाँच गरेपछी मोटरसाईकलको सिट मुनि लुकाई राखेको दुई किलो ग्राम लागुअौषध चरस समेत तस्कर पक्राउ परेको छ।पक्राउ परेका चरस तस्कर नेपालको पर्सा जिल्ला धोबिनी गाउँपालिका वार्ड नं ५ धोबिनी गाउँ निवासी बिनोद चौधरी मलाह रहेको छन। पक्राउ परेका तस्कर लाई भारत बेतिया जेल चलान गरिएको एसएसबी सिकटा का सहाय सेना नायक शतिश कुमार गुप्ता ले जनाएका छन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको