LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

पर्सा २ असोज । पर्साको धोबिनी गाँउपालिकामा आज नेकपा एमाले को गाँउपालिका स्तरिय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । धोबिनी गाउँपालिका वडा नं ५ धोबिनी मा भएको अगुवा कार्यकर्ता भेला नेकपा धोबिनी गाँउपालिका सचिव हरि पटेल को अध्यक्षतामा भएको भेला मा नेकपा पर्सा अध्यक्ष प्रभु हजराको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी प्रभु हजरा ले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गरेका कामका बारेमा चर्चा गर्नुभएको थियो । हजराले नितान्त व्यक्तिगत स्वार्थका कारण पार्टी बिभाजन गर्ने नेताहरुलाई आउने चुनावमा तह लगाउनुपर्ने धारणा राख्नुभयो ।

बिशिष्ट अतिथि रहनु भएका जिल्ला सचिव एव छिहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता ले भने तिन बर्षमा ओली सरकार ले गरेका राष्ट्रिय गौरवका आयोजना,मधेशको लाईफलाईन हुलाकी सडक निर्माण पेट्रौलियम पाईप लाईन लगायत बिकाश निर्माणबारे चर्चा गर्नुभएको थियो । गुप्ताले आउने निर्वाचनको परिणाम आफनो पक्षमा पार्न टोल टोलमा संगठन निर्माण गर्न पनि अनुरोध गर्नुभयो । उहाँले पद,पैसा र परिवारको लागि आफनै पार्टी बिभाजन गर्ने स्वार्थी नेता संग देशको बिकाश नहुने भन्दै ओली नेतृत्वको नेकपामा अब्दध गराई बहुमत को सरकार बनाउने बताए । समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सफल बनाउन प्रधानमन्त्री केपी ओलीले संसद विघटनको निर्णय गरेर देश बर्बाद पार्ने षडयन्त्र बिफल बनाई दिएको बताएका थिए ।कार्यक्रममा प्रदेश सदस्य जोगेन्द्र साह, जिल्ला सदस्य सुरेश पटेल, सदाम हुसेन,बिरेन्द्र साह, सुनिल साह कानु, अमबिका राउत कुर्मी, एैनुल हक मियाँ ,राजेन्द्र यादव,समसुल मियाँ , अबास मियाँ ,सोयाब अंसारी संजय गुप्ता , लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको