LIVE 
नेपाल रेडक्रस सोसाइटी महुवनको उपशाखा कार्यलय भवन मेयर जसवन्त यादव द्वारा शिलान्यास | बिल बिना को बालुवा लग्दै गरेको टिपर , सखुवा प्रसौनी गाउँपालीका अध्यक्ष यसवन्त यादव को नियन्त्रण मा | बिल बिना को बालुवा लग्दै गरेको टिपर , सखुवा प्रसौनी गाउँपालीका अध्यक्ष यसवन्त यादव को नियन्त्रण मा | कालिकामाई गापामा वडा कार्यालय र बिधालय भवनको अध्यक्ष गुप्ताद्वारा शिलान्यास | सहकारी केन्द्र नेपालको प्रथम पर्सा जिल्ला भेला सम्पन्न | सहकारी केन्द्र नेपालको प्रथम पर्सा जिल्ला भेला सम्पन्न | धोबिनी गापामा बिकासको काम कम र तालिम गोस्टी लाई बढि महत्व | तराईमा तातो हावा को लहर तीन (३) दिन सम्म चल्ने - Pradesh TV | लोक सेवा आयोगको परीक्षामा १६ पटक असफल भएका ‘‘पप्पु’’ बने ‘‘इन्स्पेक्टर’’ | स्व. कृष्णसेन स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल पर्साका २ जना पत्रकारलाई सम्मानित |


प्रिन्स मिश्रा ,कृष्णनगर कपिलवस्तु (लुम्विनी प्रदेश) भरतबाट फर्केका नेपालीहरू रोजगारीका लागि पुन भारत जाने क्रम बढेको छ । भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गए पनि राज्यले जिवीकोपार्जनका लागि कुनै
व्यवस्थापन नगरेकाले कोरोनाको त्रासलाई दबाएर १ महिना भित्र २ हजार बढि नेपाली नागरीक कृष्णनगर नाका हुँदै कामका
लागि छिमेकी राष्ट्र भारत गएका छन् । लकडाउन र कोरोना कहरले गर्दा
खान–लगाउन समस्य भएकोले काम खोज्दै नेपालीहरू भारततिर गएका हुन् । लकडाउन
सुरु भएपछि नेपाल फर्किएका नेपालीहरू पनि कोरोना कहरको बीचमै पुनः भारतमा रोजगारीका
लागि भारत गएका हुन र नेपालमा फसेका केही भारतीय समेत आफ्नो देश फर्केका इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुकदेव पौडेलले बताए । बिरामी , औषधी खरिद, बिरामी भेट्न, मलामीमा आउने जाने, शादी विवाहमा १५ जनालाई आवत जावत गर्न दिएको बताउँदै उनले भारतमा फसेका नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न सहजीकरण गरेको पौडेलले बताएका छन ।
कृष्णनगर नाका हुँदै दाङ, बाँके, बर्दिया, सुर्खेत, कालिकोट, जुम्ला, सल्यान, रुकुम,
रोल्पा, बुटवल, अर्घाखाँची, प्युठान, पाल्पा लगायत जिल्लाका नेपाली कामका लागि भारत
जाने गरेको स्थायी प्रहरी पोष्ट कृष्णनगर (लिंक गेट) का नायव निरीक्षक ताराा खनालले जानकारी दिएका छन ।कामका लागि भारत जाने नेपालीको
लर्को लागेको उनको भनाइ छ । सम्बन्धित कम्पनी, कल कारखाना , आदिको परिचय पत्र , बिरामी , औषधी खरिद, बिरामी भेट्न, मलामीमा आउनेलाई शोधपुछ गरेर मात्र भारत जान
दिएको जानकारी पनि दिए । दैनिक सय जनाकाे हाराहारीमा कामका लागि भारत जाने
गरेको खनाल भनाइ छ ।लामो समयदेखि भारतमा बसेर काम गर्दै आएका लकडाउनमा आ-आफ्नो घर फर्केका थिए , खाना लगाउन नपुगेपछि पुन काम गर्न भारत जान
थालेको र कोरोनाको संक्रमण बढेपछि मरे
पनि आफ्नै देशमा मरौँला भनेर फर्किएकाहरू भारतमा लकडाउन खुलेपछि कामका लागि
त्यतै जान थालेको र नेपालमा काम नपाएर खान–लाउन नै समस्या
भएपछि कोरोनाको डरले फर्किएका नेपाली पुनः भारत जान लागेकाे एक नागरीक भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको