LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

लालबाबु बानिया पर्सा ३० बैशाख ।
पर्साकाे बिन्दवासिनी गाउँपालिकाले अक्शिजन सहित २५ बेड को आइसोलेसन वार्ड कोभिड अस्पताल संचालनमा ल्याएको छ।बिन्दवासिनी गाउँपालिका वार्ड-२ बहुअर्वा भाठा स्थित श्री राधा कृष्ण माध्यमिक विद्यालय भवन मा २५ बेडको आइशाेलेसन वार्ड तयारी अवस्थामा रही संचालनमा ल्याएको गापा अध्यक्ष श्रीलाल साह मोदिले जनाएका छन।तयारी भएको २५ बेडको आइशाेलेसन वार्ड साथै अक्सिजन सिलिण्डर र कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने औषधी , खानाको निशुल्क व्यवस्थान गरिएको छ । साथै गाउँपालिका अन्तर्गत रहेको एम्बुलेन्स कोरोना सङ्क्रमितको लागि निशुल्क व्यवस्था गरिएको तथा आवश्यक परे आफुले चढदै आएको गाडी समेत उपलब्ध गराउने उनले बताए। कोरोना भाइरस सङ्क्रमणको लडाईमा सम्पूर्ण गाउँपालिका बासिहरु धैर्य धारणका साथ एक अर्कालाई सहयोग गर्न आग्रह गर्नुभयो | दोश्रो लहरको कोरोना भाइरस सङ्क्रमण तिब्र रुपमा समुदायमा फैलिरहेको अवस्थालाइ मध्यनजर गर्दै कोभिड-१९ संक्रमितकाे उपचारकाे लागि २५ बेडकाे आइशाेलेसन वार्ड तयारी अवस्थामा राखेकाे निमित प्रमुख प्रशाकिय अधिकृत मुन्ना साह रौनियारले बताउनु भयाे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको