LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

पर्सा १६ बैशाख । कोरोना भाइरसको संक्रमण बढेपछि बिहिवारदेखि पर्सामा निषेधाज्ञा जारी गरेपछी ग्रामिण क्षेत्रका सिमा नाका हरुमा सशस्त्र प्रहरीले कडाई गरेका छन। पर्साको ग्रामिण क्षेत्रका सिमा नाका भएर अावत जावतमा रोक लगाएको छ । सिमावर्ती जानकिटोलाको दसौतामा सशस्त्र प्रहरी बल बोर्डर अाउट पोस्ट भिखमपुरका सशस्त्र प्रहरी निरिक्षक किसमान तामाङको कमाण्डमा सिमा नाका लगायतको ठाउँमा कडाईका साथै अावत जावतमा पनि रोक लगाएका बताए । प्रहरी हरुको कडाईको कारण सवारी साधन बन्द मोटरसाइकल लगायत पसल हरु समेत बन्द रहेको थियोे ।प्रहरी हरुको कडाईका कारण घर बाट जनता हरु बाहिर जान सकेको छैन । काम बिषेशले अौषधी हरु खरिद गर्न मात्र माक्स लगाएर बाहिर निस्केका छन।


निषेधाज्ञाको समयमा घरमै सुरक्षित भएर बस्नुपर्नेमा बिनाकाम आवतजावत गर्नेलाई समुझाई बुझाई र डरत्रास देखाएर प्रहरीले सचेत गराएको छ । सिमा नाकामा रहेको सशस्त्र प्रहरीले माईकिंग गर्दै जनसमुदाय हरुमा कोरोना बिरोध जनचेतना समेत फैलाई रहेका छन।बिश्वब्यापी रुपमा फैलीरहेको कोरोना भाईरस विरुद्धको लडाईमा सशस्त्र प्रहरी हरुले अाफ्नो जानको बाजी लगाएर कोरोना भाईरस रोग बाट जनसमुदाय हरुलाई बचाउनको लागी अाफै कमर कसेर अगाडि बढेका छन । कोरोना कहर बाट जनसमुदाय लाई बचाउन गाउँ गाउँमा अाफै लागिपरेका तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको