LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

पर्सा १४ बैशाख । पर्साको पकाहामैनपुर गाउँपालिकामा आगलागी हुँदा ८ घर जलेर नष्ट भएको छ ।
गाउँपालिकाको वडा नम्बर २ स्थित मणिपुरमा सोमबार राति भएको आगलागीमा ८ घर जलेर नष्ट भएको स्थानीय प्रहरीले जनाएको छ ।
गएराति साढे ८ बजे भएको आगलागीबाट मणिपुरका प्रभु राउत कम्कर, महिन्द्र राउत कम्कर, हरिन्द्र राउत कम्कर, राजदेव राउत कम्कर, लखिचन राउत कम्कर, जगरनाथ राउत कम्कर र वीरेन्द्र यादव गरी ८ जनाको घर र गोठ जलेर नष्ट भएको स्थानीय प्रहरीले बताएको छ ।
पोखरिया नगरपालिकाबाट गएको वारुणयन्त्र (दमकल) र स्थानीयहरुको सहयोगमा आगलागी नियन्त्रण गरिएको थियो । दमकल पुग्न ढिलो भएको कारण घरभित्र रहेका अधिकान्स सामग्री जलेर नष्ट भएको छ ।
आगलागीबाट करिब १० लाख मूल्य बराबरको घर, लत्ताकपडा, खद्यान्नलगायत क्षति भएको गाउँपालिका अध्यक्ष विजयकुमार चौरसियाले जानकारी दिए । आगलागीमा कुनै मानवीय र पशु चौपायाको क्षति नभएको चौरसियाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको