LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

पर्सा १४ बैशाख । पर्साको पकाहामैनपुर गाउँपालिकामा आगलागी हुँदा ८ घर जलेर नष्ट भएको छ ।
गाउँपालिकाको वडा नम्बर २ स्थित मणिपुरमा सोमबार राति भएको आगलागीमा ८ घर जलेर नष्ट भएको स्थानीय प्रहरीले जनाएको छ ।
गएराति साढे ८ बजे भएको आगलागीबाट मणिपुरका प्रभु राउत कम्कर, महिन्द्र राउत कम्कर, हरिन्द्र राउत कम्कर, राजदेव राउत कम्कर, लखिचन राउत कम्कर, जगरनाथ राउत कम्कर र वीरेन्द्र यादव गरी ८ जनाको घर र गोठ जलेर नष्ट भएको स्थानीय प्रहरीले बताएको छ ।
पोखरिया नगरपालिकाबाट गएको वारुणयन्त्र (दमकल) र स्थानीयहरुको सहयोगमा आगलागी नियन्त्रण गरिएको थियो । दमकल पुग्न ढिलो भएको कारण घरभित्र रहेका अधिकान्स सामग्री जलेर नष्ट भएको छ ।
आगलागीबाट करिब १० लाख मूल्य बराबरको घर, लत्ताकपडा, खद्यान्नलगायत क्षति भएको गाउँपालिका अध्यक्ष विजयकुमार चौरसियाले जानकारी दिए । आगलागीमा कुनै मानवीय र पशु चौपायाको क्षति नभएको चौरसियाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको