LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

राजन कुमार बानिया पर्सा ६ चैत ।
पर्सा प्रहरीको क्राईम ब्रांच टोलीको सक्रियताले यतिखेर पर्सामा तस्करी एवम अपराधिक गतिविधि नियन्त्रण रहेको देखिएको छ ।
पर्सा प्रहरीको प्रमुख को रूपमा प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले कार्यभार सम्हाले संगै पर्सामा हुने गरेको अपराधिक गतिविधि तथा अवैध भन्सार छलीका कार्यहरु धेरै हदसम्म नियन्त्रण भईरहेको देखिएको छ ।
पर्सा प्रहरीको क्राईम ब्रांचको प्रमुखमा सई सोभन राणाले जिम्मेवारी सम्हाले संगै अपराधिक गतिविधि लाई नियन्त्रण गर्नुको साथै समाजिक कुरुती एवम विकृति विसंगति लाई निर्मुल पार्न पर्सा प्रहरी कम्मर कसेर लागेको पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिए ।
आम नागरिक लाई अमन चयनका साथ जिवन यापन गर्न पर्सा प्रहरी पुर्ण रूपमा सुरक्षाको ग्यारेण्टी गरेको र सोही अनुरूप पर्सा प्रहरीले आफनो गतिविधि अगाडी बढाएको पर्साका प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए
खुला सिमाको कारण हुने अवैध भन्सार राजस्व चोरीलाई कडाई गर्न पनी पर्सा प्रहरीले कुनै कसर बाकी नराख्ने पर्सा प्रहरीले जनाएको छ ।
केहि महिनाकै अन्तरालमा पर्सा प्रहरीले करोडौ मुल्यका भन्सार छलीका समानहरु बरामद गरि वीरगंज भन्सार कार्यालयमा बुझाएको भन्सार तथ्यांकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको