LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

लालबाबु बानिया रौतहट २५ फागुन ।
महा शिवरात्रीको अवसरमा रौतहट जिल्लाको मौलापुर नगरपालिका द्वारा आयोजना हुने महा शिवरात्री विशेष मेला अन्तर्गत संचालन हुने विभिन्न क्रियाकलाप हरूको तयारी सम्बन्धमा अाज प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव, लगायतको टोलीले स्थलगत अनुगमन गर्नु भएको छ। मौलापुर नगरपालिका वाड नं ५ पतौरा मा हुनलागेको शिवरात्री बिषेश मेला को त्यारी पुरा भईसकेको ले शान्ति सुरक्षा को मध्यनजर गरी प्रमुख जिल्ला अधिकारी यादव को नेतृत्वमा अनुगमन गरिएका छन। महाशिवरात्री मेला को त्यारी बारे अनुगमन टोली मा जिल्ला प्रहरी कार्यालय रौतहट का प्रहरी उपरिक्षक एसपी सिद्धी बिक्रम साह,सशस्त्र प्रहरी बल रौतहट का सशस्त्र प्रहरी उपरिक्षक एसपी सुरुज बहादुर सेन ओली, राष्ट्रिय अनुसन्धानका अनुसन्धान उप निर्देशक मुकुन्द बहादुर खड्का ले स्थलगत अनुगम गर्नु भएको थियोे ।सो सम्बन्धमा नगरपालिकाले सुरक्षा सम्बन्धी गरेको तयारी र प्रहरीले गर्नुपर्ने तयारी सम्बन्धमा नगरपालिको मेयर रीना कुमारी साह, उपमेयर गौरी शंकर साह र निमित प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह लगायत स्थानीय वासी र आयोजक समिति संग प्रमुख जिल्ला अधिकारी यादवले छलफल गर्नु भयो थियोे । स्थलगत अवलोकन गरी महा शिवरात्री मेलामा संचालन हुने विभिन्न क्रियाकलापमा चासो लिनु भएको हो। यस मेला समारोहमा कसरी शान्तिपूर्ण तरिकाले सफलतापूर्वक सम्पन्न गर्ने सकिन्छ त्यस विषयमा छलफल गर्नु भएको हो। मौलापुर नगरपालिका-५ स्थित पिकनिक पार्कको अलोकन गर्नु भएको छ। र यही फागुन २३ गते देखी नेपाल सरकारले ६५ वर्ष माथिका सम्पूर्ण जेष्ठ नागरिकहरूलाई कोभिड -१९ विरूद्धको खोप अभियन संचालनमा रहेको पतौरा स्थित पतौरा प्राथमिक स्वास्थ्य केन्द्रलाई अवलोकन गरी सेवाग्राही संग विशेष कुराकानी गर्नु भएको निमित प्रमुख प्रसाशकिय अधिकृत साहले जनकारी दिनु भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको