LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

राजन कुमार बानिया पर्सा १४ फागुन । नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्रीको पद पाउन जति गिडगिडाएपनि प्रचण्ड र माधव नेपालले प्रधानमन्त्रीको पद पाउन नसक्ने बताएका छन् ।
नेकपा छिपहरमाई गाउँपालिका कमिटि ले आयोजित गरेको टिहुकी सेढामा भएको कार्यकर्ता भेला तथा बृहत पार्टी प्रबेश कार्यक्रम लाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका मन्त्री साहले जति षड्यन्त्र र छल गरे पनि प्रचण्ड-माधवको प्रधानमन्त्री बन्ने सपना साकार नहुने बताए ।जनताले झण्डै दुईतिहाई बहुमतसहित देशकै ठूलो पार्ती बनाएको भए पनि प्रचण्ड र माधव नेपालले पार्टी ध्वस्त बनाएको बताउँदै मन्त्री साहले उनीहरू आफैँले खनेको खाल्डोमा फस्ने जिकिर गरेका छन।संसद पुनर्स्थापनापछि प्रचण्ड र माधव नेपाल सांसद किनबेच गरेर गणितीय फोहोरी खेलमार्फत् प्रधानमन्त्री बन्ने सपना देखिरहेको भए पनि पूरा हुँदैन,’ मन्त्री साहले भने, ‘सत्ता हत्याउन प्रचण्ड र माधव नेपालले रोपेको अस्थिरताको काँडाले उनीहरूलाई घोच्छ ।संसद पुनर्स्थापनापछि प्रचण्ड माधवहरू प्रधानमन्त्री पदको सपना देख्न थालेका छन् ।

बृहत पार्टी प्रबेश गर्ने हरु लाई फुलमाला लगाई स्वागत गरेका छन।बृहत पार्टी प्रबेश कार्यक्रम फोरम बाट निर्वाचित छिपहरमाई गाउँपालिका वार्ड नं २ का वार्डअधयक्ष महेन्द्र साह कलवार को नेतृत्व मा सयौ को संख्या पार्टी प्रबेश गरेका छन।फोरम वाट जयमगलपुर का वाडअधयक्ष का उमेदवारी अनिल साह,लगायत सयौ को संख्यामा भिस्वा का फोरम का नेता रसुल मियाँ ,काँग्रेस का नेता कार्यकर्ता हरु नेकपा मा पार्टी प्रबेश गरेका छन। नव प्रबेशी हरु लाई मन्त्री साह र नेकपा का जिल्ला अधयक्ष प्रभु हजरा ले फुलमाला र गमछा अोढाई स्वागत गरेका छन।बृहत पार्टी प्र्रबेश कार्यक्रम नेकपा छिपहरमाई गाउँपालिका कमिटि अधयक्ष पहलाद गुप्ता को अध्यक्ष्ातामा सम्पन्न भएको थियोे ।कार्यक्रम मा नेकपा का जिल्ला अध्यक्ष प्रभु हजरा,संबिधान सभा सदस्य जयप्रकाश थारु राजकुमार गुप्ता ,प्रधुमान चौहान , फुलझरी देबी,जिल्ला समन्व समिति पर्सा का उप प्रमुख ठाकुर न्यौपाने छिपहरमाई गाउँपालिका अध्यक्ष हरिनाराय चौधरी, मनोज कुमार गुप्ता , बलिराम साह,योगेन्द्र साह, अभिताबचन दास,तेजप्रताप निषाद,अकलेश साह, नेता कार्यकार्ता लगायत को सहभागिता रहेको थियोे । कार्यक्रम मा स्वागत मन्तब्य जिल्ला समन्व समिति सदस्य सुबास साह ले राखेकाो थियोे भने कार्यक्रम संचालन मकबुल मियाँ ले गरेको थियोे ।बृहत पार्टी प्रबेश कार्यक्रम मा प्रमुख अतिथि मन्त्री साह लाई पचास किलो को फुलको माला लगाई स्वागत गरेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको