LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

वीरगन्ज,१३ फागुन । जनता समाजवादि पार्टिका केन्द्रिय सदस्य एवम संघीय सांसद प्रदिप यादवले फ्रि वाईफाई जोनको उदघाटन गर्नु भएको छ ।पर्सा जिल्लामा पहिलो पटक पुरा वडालाई लक्ष्य गरि जडान गरिएको फ्रि वाइफाई जोनको नेता यादवले बिहिबार उदघाटन गर्दै वाईफाई सुविधिको सुरुवात गर्नुभएको हो ।पर्सा गढी गाउपालिका वडा नम्बर ५का वडा अध्यक्ष असलम आलमले जडान गर्नुभएको फ्रिवाइफाई सिस्टमको उदघाटन गर्दै सांसद यादवले समाजिक संजालले जिवनशैलिलाई परिवर्तन गरेको बताउनु भयो ।उहा नेटको सुविधा हरेक व्यक्तिको लागी अनिवार्य भएको बताउदै वडा वासिको लागी वाइफाई सुबिधा व्यवस्था गरेकोमा वडा अध्यक्ष आलमलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।कोरोनाको समयमा धेरै विद्यालयहरुले वाईफाई कक्षा समेत संचालन गरेकोले यसबाट शिक्षामा पनि ठुलो टेवा पुग्ने नेता यादवको भनाई रहेको थियो ।उहाले जडान गरिएको वाईफाईको फ्रि सुविधालाई निरन्तर्ता दिनुका साथै समाजिक संजालबाट हुने बिकृतीबाट युवा युवतीहरुलाई बचाउनु सबै अभिभावको दायीत्व भएकोले यस प्रति सजग रहन वडावासीहरुलाई अनुरोध गर्नुभयो ।सो बडामा पर्ने पचरुखि, बहुअर्वा , हरदिया र जिंगना लगायतका टोलमा आजदेखि फ्रि वाईफाई सेवा संचालनमा आएको छ ।उदघाटन कार्यक्रममा जनता समाजवादि पार्टि जिल्ला अध्यक्ष रामनरेश यादव,सचिव तबरेज अहमद,वडा अध्यक्ष असलम आलम ,पार्टिका जिल्ला सदस्य अशोक यादव लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको