LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

सुपौली ८ फागुन । पिसफोर दलितस फाउन्डेसन नेपाल , प्रदेश -२, को आयोजना र सिसिबिन , नेपाल , काठमाडौंको सहयोगमा पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा-४, सुपौली गाउँमा १४ औं अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवसको अवसरमा सामाजिक रुपान्तरणको लागि दलित समुदाय सशक्तीकरण तथा दलित अधिकारको लागि दलित दबाब समुह गठन गरिएको छ।दलित समुदायको समस्या , दलित समुदायको अधिकारको लागि संघर्ष गर्न आवश्यक देखिएको छ। गाउँपालिका बाट दलित समुदायले अहिलेसम्म सेवा सुबिधा नपाएको दलित समुदायको गुनासो रहेकोे छ।
नेपाल सरकारले दिएको सेवा सुबिधा , हाम्रो अधिकार गाउँपालिकाले दबाएर , लुकाएर राखेको दलित अगुवाले भन्नू हुन्छ। दलित समुदाय लाई अहिलेसम्म अछुत बनाएर गाउँको गैरदलितले राखेका छ्न। हामी आवाज विहीनको आवाज बन्नु पर्छ एक दलित अगुवा भन्नू हुन्छ । हामी अब चुपचापले हुदैनन् । हाम्रो पुर्खाले पनि दमन अत्याचार , शोषण र गुलामी सहेका छन तर हामीले अब हामिले प्रतिकार गर्छौं । सुपौली गाउँको दलित महिला कौसिलिया देवीले भन्नू भयो कि राहत वितरणमा हामी संग विभेद गरिएको छ।
विरुद्धमा दलित समुदायको माथि भैइरहेको हिंसा , हत्या , विभेदको विरुद्ध आवाज उठाउन यो दलित दबाब समुह गठन गरिएको छ। दलित माथिको जातीय विभेद , छुवाछूत , सामाजिक विभेद , अन्याय , अत्याचार , दमन शोषण असमानता कायम नै रहेकोे छ। गैर दलितले अहिलेसम्म दलितलाई मानव मानेका छैन।
गाउँपालिका / वडाले अहिलेसम्म दलित समुदायको लागि खासै केही गरेको छैन। गाउँपालिकाको बजेट, निति तथा कार्यक्रममा दलित सवाल , अधिकारलाई समाबेश गरिएको छैन । सामाजिक आन्दोलन गर्ने तयारी पनि गरिएको छ।आन्दोलन गर्ने छौँ ।सामाजिक रुपान्तरणको लागि दलित समुदाय सशक्तीकरणको लागि तथा दलित अधिकारको लागि दलित दबाब समुह गठन गरिएको छ। गठन गरिएको दलित दबाब समुह संयोजकको किशनाथन राम संयोजकत्वमा ११ सदस्यीय समुह गठन गरिएको छ। समुहमा स- संयोजक जगदीश राम, कोसिला देवी , सरिता देवी , आल्सा देवी , देवराज राम, कमलावती देवी , राजेश राम, हेमलाल राम, प्रमोद राम, शिव राम, सोनालाल राम, केशराज राम लगायत रहेको छ्न।दलितको सामाजिक न्याय तथा सामाजिक स्वतन्त्रताको लागि १०१ दलित युवा नेतृत्व अभियानको संयोजक सुरेन्द्र पासवान , पिसफोर दलितस फाउन्डेसन नेपालको चन्द्र्किशोर राम, पिसफोर दलितस फाउन्डेसन नेपालको सदस्य परमान्द राम , दलित अगुवाहरु चन्द्रेशवर राम , लगायतको सहभागिता रहेकोे छ।यस संस्थाको पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष दलित सामाजिक अभियान्ता मनोज राम ज्युले जानकारी दिनु भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको