LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

वीरगंज ७ फागुन ।
नेपाल विद्यार्थी (नेवि) संघ पर्साले ७१ औँ प्रजातन्त्र दिवशकाे अवसरमा शुक्रबार दिप प्रजवलन गरेकाे छ ।
वीरगंजस्थित ठाकुर राम बहुमुखी क्याम्पसकाे मुल गेट अगाडी  भएको कार्यक्रममा वाेल्दै नेपाली काङ्ग्रेस पर्साकी सह सचिव किरण सरकारले वर्तमान सरकारले गरेको सांसद बिघटनकाे घोर आपत्ति जनाइन ।
उनले भनिन “प्रजातन्त्रकाे समाप्ति गर्ने योजना रहेको छ, त्यही याेजना अनुसार संसद विघटन गरिएकाे हाे । नेपाली काङ्ग्रेसका मेरुदण्ड नेवि संघ हो र प्रजातन्त्रकाे रक्षाकाे लागि फेरी आन्दाेलन गर्नु पर्ने सम्भावना रहेकाेले तयार रहनु पर्छ ।”
जिल्ला सदस्य वैकुण्ठ श्रीवास्तवले बिरशहिद कै कारण प्रजातंत्र आएको वताउदै यसलाई खतम पर्ने खेल भइरहेकाे हुँदा हामीले बचाउनको लागि सडक संघर्षमा  जानु पर्ने वताए ।
नेवि संघ पर्साका उपसभापति जितेन्द्र मिश्राकाे अध्यक्षतमा भएकाे दिप प्रजवलन  कार्यक्रममा नेवि संघ पर्साका सह सचिव इन्द्रसान यादव, राजकिशोर राज भर, पर्सागढीका अध्यक्ष मञ्जिव मिश्रा, बिधार्थी नेता सुधिर प्रजापति लगायतकाले मन्तब्य राखेका थिए भने कार्यक्रमकाे सञ्चालन अर्जुन शाहले गरेका थिए ।
कार्यक्रममा नेवि संघका जिल्ला सदस्य आदित्य साह, अमित सराफ, प्रशान्त कलवार, शुभम सिंह, राजु पटेल, निरज यादव, दीपक पटेल, राजु पटेल, सोनु पटेल लगायतका उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको