LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

वीरगञ्ज १ फागुन ।
जनता समाजबादी पार्टी का केन्द्रिय सदस्य शिव पटेल ले खेल युवा पिढिहरु को गहना भएको बताउनु भएको छ।समग्र नेपाल नामक संस्था द्वारा आज बहुदर माइ नगरपालिका-२ पिपरा को बहुदर माइ मन्दिर नजिक तिलावे नदि को किनार मा अव्स्थित मैदान मा आयोजित नगर स्तरिय क्रिकेट प्रतियोगिता को उद्घाटन गर्दै नेता पटेल ले खेल ले युवाहरूलाई शारीरिक रूपमा स्वस्थ्य मात्र नबनाइ यसले अनुशासन, लगनशीलता र युवाहरूको भबिस्य निर्माणमा अहम भुमिका निर्वाह गर्ने बताउदै आजको युगमा खेलमा राम्रो गर्ने लाई सरकार ले सम्मान का साथ मनग्य अर्थ प्रदान गरिरहेकोले यस क्षेत्रमा अगाडि बढन युवाहरू लाई आग्रह गर्नुभयो ।स्थानिय सरकार गठन भए देखी विभिन्न नगरपालिकाले मेयर कप गरि युवाहरूलाई प्रोत्साहन गरिरहेको चर्चा गर्दै नेता पटेलले बहुदर माइ नगरपालिका को खेल प्रती कुनै चासो नभएको र यहा का नगर प्रमुख कमिसनमा मात्र रुमलिएको बताउनु भयो।समग्र नेपाल नामक संस्था का अध्यक्ष शुभराती अन्सारी को अध्यक्षता मा आयोजित सो उद्घाटन कार्यक्रममा जसपा पर्सा का सचीव श्रीराम जि गिरि, जिल्ला सदस्य निशेश यादव, नगर अध्यक्ष कृष्ण यादव, बहुदर माइ नपा- २ का वडा अध्यक्ष जितेन्द्र पटेल,समाजसेवि एवम शिक्षाबिद प्रोफेसर लक्ष्मी साह लगायत ले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।प्रतियोगिता मा नगरपालिका का ८ वटा वडा बाट क्रिकेट टिम सहभागी भएका छन। फाइनल खेल पस्चात राम्रो प्रदर्सन गर्ने खेलाडी चयन गरि नगर स्तरिय टिम बनाउने सोच रहेको आयोजक ले बताएका छ्न । आज को खेल भौराटार गम्हारिय बिच शुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको