LIVE 
मुस्लिम समाजद्वारा पर्सा सिडिओमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र | चैत महिनाभित्र पर्सामा पाँच करोडभन्दा बढी मूल्यकाे सामान बरामद | कालिकामाई मन्दिर प्राणप्रतिष्टाको लागि निकालिएको कलश यात्रा | धोबिनी गाउँपालिका-३ गुलरियामा भएका आगलागी पीडितहरुलाई गाउँपालिकाले गरे राहत बितरण | इद उल फित्रको बिदा बिहीबार, मुस्लिम आयोगले सरकारलाई गर्‍यो सिफारिस | ईद पर्वको लागि खरिद गरेको सामग्री जलेर नस्ट, बिचल्लीमा परेका छन- मनिफ | धोबिनीमा भएका आगलागी पीडितहरुलाई नेपाल रेडक्रसद्वारा राहत बितरण | धोबिनी गाउँपालिका-३ गुलरियामा आगलागी हुँदा लाखौं बराबरकाे क्षति | धाेबिनीमा गाँउपालिका अध्यक्षकै सामु कुटिए प्रमुख प्रशासकीय अधिकृत,कर्मचारीहरु आन्दोलनमा | |

बिरगंज २९ माघ । पिसफोर दलितस फाउन्डेसन नेपाल , प्रदेश -२ को आयोजनामा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा -५, एकडर्वा लखनपुर गाउँमा डोम, मुसहर , दलित समुदायको भेला गरि डोम मुसहर समुदायको लागि दलित दबाब समुह गठन गरिएको छ।डोम, मुसहर समुदायको अधिकारको लागि संघर्ष गर्न आवश्यक देखिएको छ। दलित समुदायको सबै जाती भन्दा डोम , मुसहर समुदायको अवस्था निकै कमजोर रहेकोे छ। कुनै पनि संघ/संस्थाले डोम मुसहर समुदायलाई लक्ष्यित गरि कार्य गरेको देखिएको छैन।
गाउँपालिका बाट डोम मुसहर समुदायले अहिलेसम्म सेवा सुबिधा नपाएको डोम मुसहर समुदायको गुनासो रहेकोे छ।
नेपाल सरकारले दिएको सेवा सुबिधा , हाम्रो अधिकार गाउँपालिकाले दबाएर , लुकाएर राखेको दलित अगुवाले भन्नू हुन्छ। दलित समुदाय लाई अहिलेसम्म अछुत बनाएर गाउँको गैरदलितले राखेका छ्न। हामी आवाज विहीनको आवाज बन्नु पर्छ एक दलित अगुवा भन्नू हुन्छ । हामी अब चुपचापले हुदैनन् । हाम्रो पुर्खाले पनि दमन अत्याचार , शोषण र गुलामी सहेका छन तर हामीले अब हामिले प्रतिकार गर्छौं । डोम मुसहर जाती धेरै विभेद रहेकोे छ। डोम मुसहर समुदायको बालबालिका अहिले पनि विद्यालय जान्न बाट बन्चित रहेको छ्न। विरुद्धमा आन्दोलन गर्ने छौँ ।डोम , मुसहर लगायत दलित समुदायको माथि भैइरहेको हिंसा , हत्या , विभेदको विरुद्ध आवाज उठाउन यो डोम मुसहर सशक्तीकरणको लागि दलित दबाब समुह गठन गरिएको छ। यो दबाब समुहले बढी लक्ष्यित गरि डोम , मुसहरहरुको सशक्तीकरण , उत्थानको कार्य गर्ने छ। अहिलेसम्म समाजमा डोम , समुदाय , मुसहर समुदायको सामाजिक न्याय , सामाजिक स्वतन्त्रता तथा ईज्जत् प्रतिष्ठता रहेकोे छैन। गैर दलित समुदाय बाट धेरै विभेद खेपिरहेका छ्न। दलित माथिको जातीय विभेद , छुवाछूत , सामाजिक विभेद , अन्याय , अत्याचार , दमन शोषण असमानता कायम नै रहेकोे छ। गैर दलितले अहिलेसम्म दलितलाई मानव मानेका छैन।
गाउँपालिका / वडाले अहिलेसम्म दलित समुदायको लागि खासै केही गरेको छैन। गाउँपालिकाको बजेट, निति तथा कार्यक्रममा दलित सवाल , अधिकारलाई समाबेश गरिएको छैन । सामाजिक आन्दोलन गर्ने तयारी पनि गरिएको छ।गठन गरिएको डोम मुसहर सशक्तीकरणको लागि दलित दबाब समुहको संयोजक रामाअसिस मुसहर संयोजकत्वमा ११ सदस्यीय समुह गठन गरिएको छ। स-संयोजक संयोजक संगिता देवी डोम, संतोस मुसहर , रामजी मुसहर , मन्तोरा देवि मुसहर , उमा देवी मुसहर , जितेन्द्र मुसहर , गणेश मुसहर , किसमा देवी डोम, दावा मुसहर , राजिन्द्र मुसहर रहनु भएको छ।दलितको सामाजिक न्याय तथा सामाजिक स्वतन्त्रताको लागि १०१ दलित युवा नेतृत्व अभियानको संयोजक सुरेन्द्र पासवान , पिसफोर दलितस फाउन्डेसन नेपालको अशोक राम, पिसफोर दलितस फाउन्डेसन नेपालको सदस्य परमान्द राम , चन्द्र किशोर राम, दलित अगुवा लगायतको सहभागिता रहेकोे छ।
यस संस्थाको पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष दलित सामाजिक अभियान्ता मनोज राम ज्युले जानकारी दिनु भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको