LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

बिरगंज २७ माघ । पिसफोर दलितस फाउन्डेसन नेपाल , प्रदेश -२ को आयोजनामा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा -४, देउरबाना गाउँमा दलित समुदायको भेला गरि दलित अधिकारको लागि दलित दबाब समुह गठन गरिएको छ। यो पर्सा जिल्ला भरी समुह गठन गर्ने योजना छ।दलित समुदायको समस्या , दलित समुदायको अधिकारको लागि संघर्ष गर्न आवश्यक देखिएको छ। गाउँपालिका बाट दलित समुदायले अहिलेसम्म सेवा सुबिधा नपाएको दलित समुदायको गुनासो रहेकोे छ।
नेपाल सरकारले दिएको सेवा सुबिधा , हाम्रो अधिकार गाउँपालिकाले दबाएर , लुकाएर राखेको दलित अगुवाले भन्नू हुन्छ। दलित समुदाय लाई अहिलेसम्म अछुत बनाएर गाउँको गैरदलितले राखेका छ्न। हामी आवाज विहीनको आवाज बन्नु पर्छ एक दलित अगुवा भन्नू हुन्छ । हामी अब चुपचापले हुदैनन् । हाम्रो पुर्खाले पनि दमन अत्याचार , शोषण र गुलामी सहेका छन तर हामीले अब हामिले प्रतिकार गर्छौं । विरुद्धमा आन्दोलन गर्ने छौँ ।दलित समुदायको माथि भैइरहेको हिंसा , हत्या , विभेदको विरुद्ध आवाज उठाउन यो दलित दबाब समुह गठन गरिएको छ। दलित माथिको जातीय विभेद , छुवाछूत , सामाजिक विभेद , अन्याय , अत्याचार , दमन शोषण असमानता कायम नै रहेकोे छ। गैर दलितले अहिलेसम्म दलितलाई मानव मानेका छैन।
गाउँपालिका / वडाले अहिलेसम्म दलित समुदायको लागि खासै केही गरेको छैन। गाउँपालिकाको बजेट, निति तथा कार्यक्रममा दलित सवाल , अधिकारलाई समाबेश गरिएको छैन । सामाजिक आन्दोलन गर्ने तयारी पनि गरिएको छ।
दलित अधिकारको लागि दलित दबाब समुहको संयोजक नागेन्द्र पासवान, स- संयोजक हाकिम मुसहर
पर्सा जिल्लाको सखुवाप्रसौनीको सबै वडाको दलित जनता संग गैस सिलिन्डर वितरणको लागि ७०० , ८०० रुपैया लिएर अहिलेसम्म गैस सिलिन्डर वितरण गरिएको छैन। दलित समुदायमा आक्रोश रहेकोे छ।
गाउँपालिका , वडा र प्रदेश सरकार , नेपाल सरकारलाई दलितको अधिकार लागि दबाब दिनकोलागि वडा स्तरीय दबाब समुह गठन गरिएको छ।गठन गरिएको दलित दबाब समुहको संयोजक नागेन्द्र पासवानको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ। स-संयोजक हाकिम मुसहर सदस्य युवराज मुसहर , जग मुसहर , ब्रह्मदेव मुसहर , रामजी पासवान , ठग पासवान , सरस्वती देवी मुसहर , सुखली देवी मुसहर , श्याम कुमार ,नागेन्द्र पासवान, सुनैना देवी ,मुनि मुसहर गर्नु भएको छ।दलितको सामाजिक न्याय तथा सामाजिक स्वतन्त्रताको लागि १०१ दलित युवा नेतृत्व अभियानको संयोजक सुरेन्द्र पासवान , पिसफोर दलितस फाउन्डेसन नेपालको अशोक राम, पिसफोर दलितस फाउन्डेसन नेपालको सदस्य परमान्द राम , दलित अगुवा लगायतको सहभागिता रहेकोे छ।यस संस्थाको पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष दलित सामाजिक अभियान्ता मनोज राम ज्युले जानकारी दिनु भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको