LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

वीरगञ्ज २६ माघ । मुस्लिम आयोगको आयोजनामा आज वीरगंजमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानिय तहका पदाधिकारीहरु संग मुस्लिम समुदायको हक हितको संरक्षण ,सम्वद्र्धन र सशक्तिकरण बिषय अन्र्तक्रिया सम्पन्न भएको हो ।आयोगका अध्यक्ष समिम मियाँ अंसारीको प्रमुख आतिथ्यमा ओयोजित कार्यक्रममा वक्ताहरुले नेपालको हरेक क्षेत्रमा मुस्लिम समुदायको अनिवार्य समावेश हुनुपर्ने कुरामा जोड दिएका थिए ।वक्ताहरुले मुस्लिम समुदाय नेपालमा सदियौ देखि वसोवास गर्दै आएपनि नेपाल सरकारले नेपाली मुस्लिम संग बिभेद गरेको आरोप लगाएका थिए । उनीहरुले मठ मन्दिर निर्माणको लागि बजेट छुट्याए जस्तै मस्जिद ,मर्दसाको लागि पनि बजेट छुट्याउन माँग गरेका थिए ।कार्यक्रममा प्रदेश सभा सदस्य करिमा वेगम, जगरनाथपुर गाँउपालिका अध्यक्ष जालिम मियाँ, उपाध्यक्ष विशमिला खातुन पोखरीया नगरपालिका मेयर दिपनारायण रौनियार, उपमेयर सलमा खातुन, सखुवा प्रसौनी गाउँपालिका का अध्यक्ष प्रदीप जयसवाल, प्रमुख जिल्ला अधिकारी आसमान तमाङ्गले धारणा राख्नुभएको थियो ।सो अन्तरकृया कार्यक्रममा शस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, नेपाली कांग्रेस का नेता सहरुम गद्दी डिभिजन वन कार्यालय पर्सा का सहायक वन अधिकृत रेयाज अहमद अंसारी लगायतका सहभागिता रहेको थियो भने अन्तरकृया कार्यक्रम अध्यक्षता जिल्ला समन्वय समिति का प्रमुख नेक महम्मद अंसारी ले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको