LIVE 
मन्त्री जयसवालद्वारा पर्साका चारवटै निर्वाचन क्षेत्रमा विकासका लहर, खेलकुददेखि सामाजिक कार्यसम्म | भीषण आगो निभाउन अध्यक्ष यादव आफैं मैदानमा | वीरगन्जको पञ्चमुखी हनुमान मन्दिरमा २१ औं साप्ताहिक सामूहिक हनुमान चालीसा पाठ सम्पन्न | तराईको किसानहरूले आफनो बाली , कसरी जोगाउछ्न , सरकारले किन बुझेन किसानको समस्या ...? | त्रिशुली नदी बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई मेयर साहले गरे ५० हजार सहयोग | मधेसका किसानहरू आधुनिक कृषितर्फ उन्मुख, कमबाईनको प्रयोगले दिलायो सहजता | भिस्वा नाकाबाट मौलायो संगठित तस्करी, इंस्पेक्टर कार्की नै तस्करको मतियार | प्रमुख ६ वटा युवा संघ/संगठनहरूको साझा प्रतिवद्धता | इद पर्वमा परीक्षा: मुस्लिम विद्यार्थीहरूको चिन्ता | मधेश प्रदेश सरकारका मन्त्री सरोज यादवद्वारा एकैदिन दुई विकास परियोजनाको शिलान्यास |

बिरगंज २५ माघ । जिल्ला प्रहरी कार्यालय बाराले स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयासहित २ जनालाई पक्राउ गरेको छ ।
बाराको फेटा गाउँपालिका वडा नम्बर ५ जोतपुरमा चेकजाँचको क्रममा उक्त रकम बरामद गरेको बाराका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक गौतम मिश्राले जानकारी दिए ।
बाराको जोतपुरस्थित दशगजा क्षेत्रमा बिआर ०५वाई ६५१७ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नेपाल आउँदै गरेका मोटरसाइकल चालक भारत बिहारको मोतिहारी ग्राम पञ्चायत हरपुर घोडासहन बस्ने २६ वर्षिय अरविन्द महतो र पछाडी बस्ने १४ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको हो ।
उनिहरुको साथबाट १ हजार दरको १ हजार २ सय २३ थान, ५ सय दरको ५ हजार ७ सय ४ थान, १ सय दरको १२ सय थान र ५० दरको १ सय थान गरी जम्मा ४९ लाख रुपैया बरामद गरिएको डिएसपी मिश्राले बताए
पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक दिपेन्द्र साहीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको