LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

काठमाडौं २४ माघ ।
हिन्दू परिषद नेपाल उपत्यका कमिटीको अगुवाईमा आज राजधानीमा रहेको काठमाडौं हनुमाढोका स्थित जय शंकर श्री महेन्द्रश्वर महादेव मन्दिर,श्री गणेश मन्दिर, काल भैरव मन्दिर, भगवती मन्दिर,श्री हनुमान मन्दिरमा आज हिन्दू परिषद नेपालको टोली द्वारा आज पुजापाठ गरिएको छ।सनातन हिन्दू राष्ट्र नेपाल कायम हेतु एवं ओमकार परिवारको सुख,शान्ति र समृद्धिको लागि गरियो पुजापाठ कार्यक्रममा परिषद सँगै सनातन धर्मप्रेमीहरुको सहभागी रहेको थियो।उपत्यका कमिटी इन्चार्ज भगवती शर्माको सभापतित्वमा भएको कार्यक्रममा हिन्दू परिषद नेपालको केन्द्रिय अध्यक्ष संतोष पटेल, उपाध्यक्ष सुनिता रौनियार, केन्द्रिय सदस्यहरु पिंकी महासेठ,शान्त बहादुर शाक्य,प्रीति रमण, श्यामसुन्दर राय, सल्लहकार महेन्द्र चौधरी, उपत्यका कमिटी उपाध्यक्ष भरत नेपाल,सचिव अनिल यादव, सह- सचिव भुवत केसी,पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल,हिन्दूवादी अगुवा श्रीधर उपाध्याय, बुद्ध शान्ति पार्कका सह – कोषाध्यक्ष सृजना मास्के सहित स्थानिय युवा क्लव र महिला धार्मिक अभियान्ताहरुको सहभागी रहेको थियो।साथै शुक्रबार बिहान आराध्य देव भगवान पशुपिनाथको मन्दिरमा हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले पुजापाठ गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको