LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

पर्सा १७ माघ । पटेर्वा सुगौली गाउपालिकाको सहयोगमा समता समाज नेपाल पटेर्वासुगौली गा पा – ५ निचुटाको शनिबारदेखि आयोजनामा सो गोल्ड कप शुरु भएका छन।
ग्रामीण यूवाहरुमा कुलत तथा बिकृति बढ्दै गएका र खेलप्रति यूवाहरुको चाहना घट्दै गएका हुदा यसप्रति यूवाको आकर्षण बढाउन सो गोल्डकप आयोजना गरिएको गाउपालिका अध्यक्ष हरिनारायण चौधरीले बताए।
अध्यक्ष चौधरीले खेलको उदघाटन गर्दै खेलको माध्यमले राष्ट तथा समाजको नाम उच्च गर्न सकिने तथा यूवाहरुलाई स्वास्थ्य र तन्दुरुस्त राख्ने भएकाले यो गोल्डकपमा पालिकाले सहयोग गरेको बताए।
पालिका भित्र रहेका यूवाहरुलाई बिभिन्न खेलको सम्बन्धित प्रशिक्षण गराइने छनौट गरी एकवटा मात्र टिम निर्माण गरिने भावी योजना रहेको अध्यक्ष चौधरीले बताए।
आयोजक संस्थाका अध्यक्ष मधुकान्त चौधरीको सभापतित्वमा समपन्न उदघाटन शत्रमा वडाध्यक्ष फरमान मिया, बिजय गैरे, मोतीलाल साहले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
आज भएको बसन्तपुर यूनाईटेड चितवन र चिडियादह फूटबल क्लब रौटहट बीच भएको खेलमा टाई ब्रेकरमा  चितवनलेजित हासिल गरेका छन।
तोकिएका समय अवधीमा दुबै टिम तर्फबाट २/२ गोलको बराबरीमा खेल टुङ्गिएका थिए। आजको मैन अफ म्याज चितवनका गोलकिपर  रंजित अर्याललाई घोषित गरियो। भोली को खेल बीरगंज यूनाईटेड र फूटबल संघ बारा बीच हुने जनाईएका छन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको