LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

बिरगंज १७ माघ । तराई-मधेसमा विगत केहि दिनदेखि बढेको शितलहरको फाईदा उठाउँदै तस्करहरु पुन: सक्रिय भएका छन।
शीतलहर र कुहिरो बढेपछि पर्सा जिल्लाको ग्रामिण क्षेत्रहरुबाट फेरी रातिको समयमा काठलगायत सामग्रीहरुको तस्करी सुरु भएको छ ।
चिसोको समयमा तस्करहरुले राति-राति प्रहरी र वन कार्यालयका कर्मचारीहरुलाई गुमराह गरेर नेपालबाट भारी मात्रामा महङ्गा शालका गोलियाहरु भारत पुर्‍याउने गरेका छन
तस्करहरुले साईकल, मोटरसाइकलसँगसँगै ट्रयाक्टर र अन्य सवारीसाधनबाट समेत खुल्ला सिमाको फाईदा उठाएर जिल्लाको ग्रामिण नाकाहरुबाट काठलगायत सामग्रीहरु तस्करी गरिरहेको पाइएको छ ।
यस्तै ट्रयाक्टरमा लुकाएर सालको गोलिया तस्करी गरिरहेको अवस्थामा सुरक्षाकर्मीहरुको टोलीले एउटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ । बिहिबार राति पर्सागढी नगरपालिका वडा नम्बर ४ को टाँडीबाट सालको गोलिया भारत लागिरहेको अवस्थामा शुरक्षाकर्मीहरुले एउटा ट्याक्टर नियन्त्रणमा लिएका हुन
सबैया साझेदारी वन व्यवस्थपन समूह, सब डिभिजन वन कार्यालय मधुवन मथवल र सशस्त्र बेस क्याम्प सोलखपुरको संयुक्त टोलीले ना ११ त २८७४ नम्बरको ट्र्याक्टरलाई नियन्त्रणमा लिएको थियो । ट्रयाक्टरबाट उनीहरुले ३ वटा सालको गोलिया अर्थात ४२ घनफिट काठ लोड बरामद गरेको जनाइएको छ । प्रहरी अनुसार काठलाई ग्राभेलले छोपेर लगिँदै थियो ।
सुरक्षाकर्मीहरुले ट्रयाक्टर नियन्त्रणमा लिएपनि चालक भने फरार भएका थिए । गस्ती टोलीलाई देख्नसाथ ट्रयाक्टर छोडेर चालक फरार भएको सब डिभिजन वन कार्यालय सोलखपुरका फरेष्टर पुरुषोत्तम पटेललले जानकारी थिए ।
चालकको खोजी कार्य भैरहेको पटेलले बताए । उनले ट्रयाक्टर धनिसँग समेत सम्पर्क गर्न आफूहरु प्रयासरत रहेको जानकारी दिए ।
बरामद काठसहितको ट्र्याक्टर आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय पर्सा वीरगञ्जमा पठाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको