LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

राजन कुमार बानिया पर्सा १६ माघ ।
पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. ५ भिस्वामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । छिपहरमाई गाउँपालिकाकाे आयाेजनामा भएकाे कार्यक्रममा ४ महिला सहित ३२ जनाले रक्तदान गरेका छन।
गाउँपालिका कार्यालय भिस्वामा भएकाे कार्यक्रममा गाउँपालिका स्वास्थ्य संयोजक शम्भु साह, गाउँपालिका प्रहरी गुडु गुप्ता, प्रमानन्द यादव, सनी कुमार, बिकाउ साह कानु, मनीलाल साह कानु, मनोज कुमार पटेल, प्रेम प्रसाद शर्मा, अमृत कुमार कलवार, मुकेश प्रसाद कानु, सत्रूधन यादव, उर्मिला पौडेल, पुतली बिक, रुपेश कुमार, मंजूर आलम, टुना महतो केवट, वीरेन्द्र महतो केवट, बिकी कुमार, तबरेज आलम, लालमहम्मद आलम, भोला साह कानु, मुन्ना प्रसाद साह, राजेश राउत कुर्मी, देवनाथ साह कलवार, निपु कुमार तिवारी, भुपेन्द्र साह कानु, सुनी कुमार, संजय साह, मुकेश कुमार चौरसिया, अर्जुन दास तत्वाले रक्तदान गरेका हुन।
नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेगमा कार्यक्रम भएकाे थियाे । कसैलाई पनि रक्त अभावमा जान गुमाउन नपरून र मानवीय सेवा गरौं भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष मनोज गुप्ताले बताए ।
कार्यक्रममा रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे र प्राविधिक जितेन्द्र कुशवाहाकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको