LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

बिरगंज १६ माघ । ईनटरनेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अमेरिकाको आर्थिक सहयोग र बालबालिका महिला तथा शिक्षा सहयोगी फाउन्डेसन नेपालको सहकार्य तथा पिसफोर दलित फाउन्डेसन नेपाल ( Peace4Dalits Foundation Nepal ) , पर्साको विशेष पहलमा पर्सा जिल्लाको जिराभवानी गाउँपालिका -४,, सुपौली , भवानीपुर , कोढौली सढि गाउँको दलित बालबालिकाहरुको लागि शैक्षिक सामग्रीहरु वितरण गरिएको छ। शैक्षिक सामग्रीहरुमा कापी ,कलम , पेनसिल , ब्याग वितरण गरिएको छ। जम्मा २०० दलित बालबालिकाहरु लाई शैक्षिक सामग्री वितरण गरिएको छ।
दलित बालबालिकाको शिक्षामा पहुँच तथा विद्यालय टिकाउको लागि , विद्यालय जान्न बाट बन्चित हुन नदिनको लागि , बालबालिकालाई प्रोत्साहन , कापी कलमको बाहानाले विद्यालय नजाने रोक्नको लागि र शैक्षिक सुधार , दलित बालबालिकाको गुणस्तरीय शिक्षा , सबैको लागि अनिवार्य शिक्षाको उदेश्यले दलित बालबालिकाको लागि शैक्षिक सामग्री वितरण गरिएको छ । श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय , सुपौली , श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय , कोढौली सढि , श्री पशुपतिनाथ प्राथमिक विद्यालय ,भवानीपुर गरि ३ वटा विद्यालयको जम्मा २०० जना बालबालिकाहरु लाई वितरण गरिएको छ।
अहिले पनि जिल्लाका केही भागमा आर्थिक स्थिति र चेतनाको अभावका कारण बालबालिका घरमा नै बस्ने र विद्यालय जान नमान्ने भेटिएको बताउँदै तिनलाई पढ्न प्रेरित गर्नुपर्नेमा जोड दिए । दलित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दा उनीहरूमा आत्मविश्वास बढ्ने तथा अनुशासित भएर पढ्ने र दैनिक रूपमा विद्यालय उपस्थित हुने आशा रहेको गाउँको दलित अगुवा चन्देशवर राम बताए ।यस दलित बालबालिकाको लागि शैक्षिक सामग्री वितरण कार्यक्रमको अध्यक्षता वडा सदस्य चन्देशवर राम , प्रमुख अतिथिमा जिराभवानी गाउँपालिकाको उप प्रमुख उषा चौधरी, विशेष अतिथि CWEAF Nepal को स्वता केसि , अतिथि सपना श्रेष्ठ , विद्यालय व्यवस्थापन समितीको अध्यक्ष , विद्यालयको प्र.अ. रामनारायण मह्तो थारु, दिनानाथ प्रसाद महतो थारु , दलित महिला सदस्य , पिसफोर दलितस फाउन्डेसन नेपालको सदस्य चन्द्रकिशोर राम, सदस्य सुरेन्द्र पासवान , अशोक राम , यस कार्यक्रमको सहजीकरण पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष / सामाजिक अभियान्ता मनोज राम ज्युले गर्नु भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको