LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

राजन कुमार बानिया पोखरिया १५ माघ । नेपाल सुशासन अभियानका रमेश प्रसाद खरेलले भ्रष्टाचार, हिँसा र अनियमितता अन्त गर्नका लागि नागरिक एकजुट भएर अगाडी बढ्नुको विकल्प नरहेको बताएका छन् ।अभियानद्वारा पर्साको पोखरिया नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै खरेलले देशका राजनीति कर्मीहरुले देश विकासभन्दा पनि व्यक्तिगत स्वार्थलाई माथि राख्ने गरेको आरोप लगाए ।राजनीतिक स्वार्थका कारण देशमा अपराधिक घटना समेत नियन्त्रण बढेको उनले बताए । पूर्व डीआईजीसमेत रहेका खरेलले आफू प्रहरी हुँदाको अनुभव सुनाउँदै भने, ‘राजनीतिक स्वार्थका लागि नेताहरुले कयौँ पटक अपराधीलाई समेत उम्किन दिने गरेका छन् । यस्तो अवस्थामा हामीले देशमा शान्ति, सुशासन र समृद्धिको कामना कसरी गर्न सक्छौँ ।’कार्यक्रममा बोल्दै अभियानका सदस्य राजकुमार यादवले पनि पर्सा जिल्लामा राजनीति बुझेका भन्दापनि ठेकदार, अपराधी र तस्करहरुले निर्वाचन जितेको कारण जिल्लाको विकास हुननसकेको बताए । उनले पैसाको प्रभावमा टिकट खरिद गरेर गैरराजनीतिक व्यक्तिहरुले निर्वाचन जितेको कारण पर्सा झनझनै पछाडी परेको दु:खेको व्यक्त गरे ।अभियानमा राष्ट्रिय विद्यार्थी सङ्घ पर्साका अध्यक्ष मधुसुदन चौरसियापनि जोडिएका छन् । बिहिबार मात्रै राष्ट्रिय विद्यार्थी सङ्घ पर्साको अध्यक्षबाट राजिनामा दिएका चौरसिया अभियानमा जोडिएका हुन् । चौरसियालगायत उनको टोलीलाई रमेश खरेलले फूलमाला लगाई अभियानमा स्वागत गरेका थिए ।मधेसवादी दलका नेतृत्वकर्ताहरुले मधेस मुद्दाभन्दा माथि परिवारवाद र व्यक्तिगत स्वार्थ राखेको कारण विकास, समृद्धि र भ्रष्टाचार विरोधी विचारधारा बोकेको नेपाल सुशासन अभियानसँग आफु जोडिएको चौरसियाले बताए ।चौरसियाले मधेस आन्दोलनलाई टेकर सत्तामा पुगेका नेताहरुले आज मधेसी शहिद र घाइतेहरुलाई विचिल्लीमा छाडेको आरोप समेत लगाए । उनले पार्टीबाट आजित भएर छुटिने निर्णय गरेको बताएका थिए । स्थानीय नेता शंकर साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी साह कानु, विभिन्न पेशाकर्मी, राजनीतिज्ञ, सञ्चारकर्मीलगायतले आफ्नो मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको