LIVE 
नेपाल रेडक्रस सोसाइटी महुवनको उपशाखा कार्यलय भवन मेयर जसवन्त यादव द्वारा शिलान्यास | बिल बिना को बालुवा लग्दै गरेको टिपर , सखुवा प्रसौनी गाउँपालीका अध्यक्ष यसवन्त यादव को नियन्त्रण मा | बिल बिना को बालुवा लग्दै गरेको टिपर , सखुवा प्रसौनी गाउँपालीका अध्यक्ष यसवन्त यादव को नियन्त्रण मा | कालिकामाई गापामा वडा कार्यालय र बिधालय भवनको अध्यक्ष गुप्ताद्वारा शिलान्यास | सहकारी केन्द्र नेपालको प्रथम पर्सा जिल्ला भेला सम्पन्न | सहकारी केन्द्र नेपालको प्रथम पर्सा जिल्ला भेला सम्पन्न | धोबिनी गापामा बिकासको काम कम र तालिम गोस्टी लाई बढि महत्व | तराईमा तातो हावा को लहर तीन (३) दिन सम्म चल्ने - Pradesh TV | लोक सेवा आयोगको परीक्षामा १६ पटक असफल भएका ‘‘पप्पु’’ बने ‘‘इन्स्पेक्टर’’ | स्व. कृष्णसेन स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल पर्साका २ जना पत्रकारलाई सम्मानित |

राजन कुमार बानिया पर्सा १४ माघ । बालबिबाह ,दाईजो प्रथा ,महिला हिंसा बिरुद्ध, तिन दिने तालिम पर्साको पटेर्वासुगौली गाउँपालिका मा रहेको नेरा माबी सुगौली दा प मा अाज देखि शुरु भएको छ।पटेर्वासुगौली गाउँपालिका को सहयोग तथा सामुदायिक तालिम केन्द्र प्राली को अायोजना मा शुरु भएको तालिम को उदघाटन गाउँपालिका उपाध्यक्ष ममता महतो ले बाईनर पढी उदघाटन गर्नु भएको थियोे ।उदघाटन गर्दै उपाध्यक्ष महतो ले अाफ्ना छोरी हरु लाई दाईजो होईन शिक्षा दिने जरुरी रहेको उपाध्यक्ष महतो ले बताईन अाअाफ्ना छोरा छोरी हरु लाई एक सम्मान दिन जरुरी रहेको छ।अामा बुवा हरु बाट छोरा र छोरी बिच भेदभाव भईरहेको छ किन भने छोरा लाई महंगो बिधालय र छोरी हरु लाई सरकारी बिधालय मा बढाउने गरिरहेको ले यस्ता भेदभाव नगर्न अाग्रह समेत गर्नु भएको छ। अामा बुवा ले छोरी जन्मे पछी बोझ को रुपमा लिने गरिरहेको कतिपय अामा बुवा हरु ले गर्भमा नै छोरा छोरी को थहालगाई छोरी भए गर्भमा नै भ्रुण हत्या भईरहेको ले यस्ता अपराध नगर्न अाग्रह समेत गर्नु भएको थियोे । अाफ्ना छोरी हरु लाई उच्च शिक्षा दिलाई २० वर्ष पछी बिबाह गर्नु मा जोड दिनु भएको थियोे । बालबिबाह ,दाईजो प्रथा, महिला हिंसा रोकन अाफ्नै घर परिवार बाट शुरु गर्नु पर्छ महिला हरु अाफै सक्रिय हुदैन जब सम्म महिला हरु माथी हुने हिंसा अन्त हुदैन त्यस को लागी महिला हरु अगाडी बढन अाग्रह समेत गर्नु भएको छ। उदघाटन कार्यक्रम मा प्रमुख प्रसाशकिय अधिकृत भुजेन्द्र प्रसाद यादव ले भने महिला बाट नै महिला हिंसा भैईरहेको देखिएको छ। छोरा को बिहेमा महिला हरु बाट दाईजो को लागी रकम लगायत बिभिन समाग्री हरु को लिस्ट अाउने गरिरहेको घरमा शिक्षित र सभ्य बुवारी को जरुरी नरहेको दाईजो को जरुरी रहेको कारण यस्ता बिभिन घटना हरु भईरहेको छ।दाईजो को कारण छोरी हरु को हत्या समेत भईरहेको छ।महिला हरु शिक्षित र सभ्य भएका बालबिबाह,दाईजो प्रथा,महिला हिंसा अन्य हुनेमा जोड दिनु भएको थियोे ।तालिम को उदघाटन कार्यक्रम गाउँपालिका उपाध्यक्ष ममता महतो को अध्यक्ष्ामा समपन भएको थियोे ।कार्यक्रम मा प्रमुख प्रसाशकिय अधिकृत भुजेन्द्र प्रसाद यादव,योजना प्रमुख राजकुमार महतो, शिक्षा प्रमुख शम्भु साह, बिधालय प्रअ मोहन दास, पत्रकार लालबाबु बानिया,लगायत ले मन्तब्य ब्यक्त गरेका छन।गाउँपालिका को पाचै वाड का ७० जना महिला हरु को सहभागिता रहेको थियोे ।तालिम का प्रशिक्षक नरेन्द्र साह,रितु कर्ण ले प्रशिक्षण दिनु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको