LIVE 
हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप | लेखा अधिकृत पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा | प्रतिनिधिसभा नियमावली संशोधनको तयारी, मस्यौदा समिति गठन हुने | प्रहरी कारबाहीविरुद्ध लेखापढी व्यवसायी आन्दोलित | ओली पक्राउ राजनीतिक प्रतिशोध: कोशी एमालेको कडा प्रतिक्रिया | शनिबार बिहानै पक्राउ, एमालेले सुरु गर्‍यो विरोध प्रदर्शन | आदर्श कोतवालमा बिलका भरमा लाखौँको घोटाला, ३८ लाखको मसलन्द खरिदमा व्यापक अनियमितता | नेपाली कांग्रेस भित्र अनुभव र सुझबुझको आधारमा डा. चन्द्रमोहन यादव संसदीय दलको नेता बन्ने चर्चा |

कृष्णनगर कपिलवस्तु १० माघ ।
कपिलवस्तुको कृष्णानगरमा किसान एकता जिन्दाबाद नारा सहित विरोध कार्यक्रम सम्पन्न भयो।
नेपाल सरकारले किसानहरु लाई चाहिने मलखाद्य यूरिया, डिएपी,विऊ विजन लगायतका स्रोत साधन र किसानले उत्पादन गरेको फसलहरुको उचित मूल्य व्यवस्थापन र एका एक मलखाद्यमा मूल्यवृद्धि गरेको रवैया प्रति कृष्णानगरका किसानहरु आक्रोशित भइ नेपाल सरकारको विरोध गर्दै किसान एकताको नारा लगाउदै बिरोध प्रदर्शन गरेका हुन l
उक्त कार्यक्रमको आयोजना श्री जय त्रिकाल युवा क्लब र जनचेतना युवा क्लबले गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथी जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशका प्रवक्ता अकरम पठान विशिष्ठ अतिथी जसपा जिल्ला कपिलवस्तु उपाध्यक्ष राम नेवास पुरी, जसपा नेता जगदीश चौधरी,बृजेश कुमार गुप्ता,सन्तराम तेली,जीवन श्रीवास्तव ,इन्द्रजीत चौधरी रहेका थिए।
नेपाल कृषि प्रधान देश हुदा हुँदै पनि नेपालका किसान पीड़ामा रहेका छन नेपाल सरकारले कागज र भनाईको लागि मात्रै कृषि प्रधान देश बनाइएको छ। वास्तविकतामा नेपालका किसानहरु लाई हेर्दा दुख लाग्छ दिन-रात्रि खेतमा खटि मेहनत गरी पुरै देशका जनताको पेट भर्नाको लागि फसल तैयार गर्छन तर किसानको पेट भर्नाको लागि यो कम्यूनिष्ट सरकार ले केही पनि गर्दैन।यो सरकार किसानको पीड़ा बुझ्दैन। देशका किसानहरु लाई दुखी बनाएर देश लाई सुखी समृद्धि तरफ लैजान सक्नु हुन्न।
छिमेकी मित्र राष्ट्र भारत नेपालका किसान र नेपालका जनताहरुको सदैव सहयोग गर्दै आई रहेको छ ।
मलखाद्य विऊ विज़न स्वास्थ्य सम्बन्धी औषधी लगायतका बिषयहरुमा पनि यो कम्युनिस्ट सरकारले पटक पटक मित्र राष्ट्र भारत संग सम्बन्ध बिगार्ने प्रयास गरि रहे को कुरा प्रमुख अतिथी पठानले बताउदै भनेकि यो तानाशाह सरकारले सिमा बन्द गरि किसान र मधेशी जनताहरु लाई दुख दिन खोजेंको छ।
कार्यक्रमका विशिष्ठ अतिथि राम निवास पुरीले जनता लाई सम्बोधित गर्दै भनेकि कपिलवस्तु जिल्लाको क्षेत्र नं३मा अहिले सम्म पिछडीएको छ यहाका जनप्रतिनीधिहरुको कारणले यो क्षेत्र र क्षेत्रका किसानहरुको बिकास भएको छैन।
यो जिल्लाका केही किसानहरुले अहिले सम्म उखुको भुगतानी पाएकै छैन्न तर यहाका नेताहरुले त्यो पैसा भुग्तानि गराउनको लागि केही पहल नगरि किसानहरु लाई चुनावको बेला झूठों र खोक्लो आश्वासन दिइ क्षेत्रका जनतालाई छलि गर्ने जनता माथि दमन गर्ने काम मात्रै गरेका छन। यस्ता प्रवृतिका नेताहरु लाई चुनावको समयमा बहिष्कार गर्नाको लागि आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको