LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

बिरगंज १० माघ । आजको बिज्ञान प्रबिधिको युगमा जोसिलो युवाहरुको समाजलाई खाचो रहेको जसपा पर्साका अध्यक्ष रामनरेश यादबले बताउनु भएको छ । युवाको शक्ति र जागर सहि स्थानमा लगाए देशको मुहार परिवर्तन हुने वहाँले बिश्वास व्यक्त गर्नुृ भयो ।
नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल इन्जिनियर एशोसियसनका ५५ जनाले जनता समाजवादी पार्टी निकट नेपाल इन्जिनियर समाजमा प्रवेश गरेको कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि अध्यक्ष यादबले जसपामा स्वागत गर्दै वहाले सो धारण राख्नु भयो ।
वीरगञ्जमा नेपाल इन्जिनियरीङ्ग समाज जिल्ला कार्यसमिति पर्सा र बाराको आयोजनामा भएको कार्यक्रममा एशोसियसनका प्रदेश अध्यक्ष राजेश राय यादब सहित ५५ जनाले प्रवेश गरेका हुन् ।
समाजका केन्द्रिय सल्लाहकार हरीशंकर साहको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि जसपा पर्साका अधयक्ष रामनरेश यादब, पुर्व सांसद इन्जिनियर आत्मराम साह, बौद्धिक पेशाकर्मी प्रदेश न. २ का अध्यक्ष बिजय यादब, जसपा पर्साका सचिब तबरेज अहमद, नेपाल इन्जिनियर समाजका केन्द्रिय सचिब रबी कुमार पटेल, श्यामबाबु गुप्ता, शशीभुषण साह, समाजका प्रदेश उपाध्यक्ष सुजित साह, जसपाका नेता पन्नालाल साह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको