LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

बिरगंज ८ माघ । पर्साको ठोरीमा भारतीय एस एस बि को ज्यादती बढेको छ। आज भारतको भिखना ठोरी बजार गर्न गएका नेपालीहरुलाई भारतीय एस एस बि फोर्सले लाठिचार्ज गरेको छ।भाततीय बजारबाट सरसमान किनी नेपाल फर्किंदै गर्दा ठुटेखोलामा भारतीय एस एस बि हिमांसु र घुमुवा जाकिर अलि खानले नेपाली पक्षका ठोरी ३ बुद्धनगर निवासी बिष्णु घिमिरे ,राजकुमार अधिकारी,भिमलाल तामाङ ,विकास गुरुङ लगाएतका ७ जनाभन्दा बढी महिला र पुरुषलाई लाठिचार्ज गरि घाइते भनाएका छ्न्।
नेपाली पक्षले पिटाइ खाएको खवर सुनेर ठुटेखोलामा जम्मा भएका नेपाली पक्ष र भारतीय भिखना ठोरीका स्थानीबासीहरुले संयुक्तरूपमा एस एस बि को चर्को बिरोध गरेपछि उनीहरु लुकेर भागेको प्रतक्षदर्शीहरुले बताए।
जम्मा भएका नेपाली र भारतीय पक्षहरुले एस एस बि फोर्सले केहीदिनदेखि ज्याददी गरेको गुनासो गरे। नेपाली महिलाहरुको शरीर चेकजाँच समेत गर्ने गरेको महिलाकर्मी मिना गिरीले गुनासो गरिन्।आज पनि बाँदरझुलाकी एक महिलामाथि भारतीय एस एस बि ले अभद्र व्यवहार समेत गरेको गिरीले जानकारी गराइन्।भारतीय भिखनाठोरीका स्थानीयाहरुले नेपाल र भारतको रोटीबेटीको सम्बन्ध रहेको कारण भारतीय एस एस बि के गरेको अमानवीय कार्यको बिरोध समेत गरे।
ठुटेखोलामा जम्मा भएका दुबैपक्षका स्थानीयहरुले भारतीय एस एस बि ले माफी माग्नुपर्ने माग राखे।आक्रोशित भिडलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निकै हाम्मेहाम्मे परेको थियो।
दिनभरी तनाब भएपछि भारतको सुभद्रा थानाबाट आएका प्रहरी अधिकारीले माफी मागेपछि केही साम्य भएता पनि पुन : दुबैपक्ष बसी सम्झौता गर्ने सहमती भएपछि हाललाई समस्याको समाधान गरिएको सशस्त्र प्रहरी बि ओ पी ठोरीका सशस्त्र प्रहरी निरीक्षक शंकर कोइराले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको