LIVE 
संघीय निजामती कर्मचारी ऐन २ महिना भित्र पारित हुने : मन्त्री गुप्ता | भाठ्ठा मेला लाई लक्षित गरि गढुवा लाईन १२ घण्टा सम्म खोलिदै - Pradesh TV | सिमलताल घटना : बेपत्ता यादवको कुशको शव बनाएर दाहसंस्कार | त्रिशुलीमा परेका पर्साकाे एकै परिवारका तीनमध्ये छाेरी प्रभाकाे शव भेटियाे, देवघाटमा गरियाे दाहसंस्कार | मृत्यु भएको स्वरोजगार लघुवित पोखरियाले सदस्यलाई बिमाको रकम हस्तान्तरण। | जापान जाने सपना बोकेर हिँडेकी मिस्टीको जीवन त्रिशुली मा मिसियो | सम्माननीय प्रधानमन्त्री नियमित एक्सन रूममाः उहाॅ भन्नुहुन्छ, ”विपदबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाऔँ!” | पर्साको सखुवा प्रसौनी गाउँपालीका मा दोस्रो पटक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न | वीरगन्ज स्थित आदर्शनगरमा रहेको सिद्धार्थ बैंकमा भिषण आगलागी भएको छ | पोखरिया नगरपालिकाको आठौ नगर सभा सम्पन्न,४७ करोड १२ लाख ९३ हजारको बजेट प्रस्तुत |

राजन कुमार बानिया पर्सा ७ माघ ।
नेपाल कम्युनिष्ट पार्टीको धोबिनी गाउँपालिकामा गाउँपालिका स्तरीय बृहत भेला सम्पन्न भएको छ । नेकपा पर्साको निर्णय अनुसार हरेक पालिकामा भेला गर्ने निर्णय अनुसार आज लंगडी चौक मा भेला सम्पन्न भएको हो कार्यक्रम मा प्रमुख अतिथि रहनु भएका नेकपा पर्सा अध्यक्ष प्रभु हजराको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी
प्रभु हजराले नेकपा को सरकार ले लयाएको अभियान अाफनै गाउँ अाफै बनाउ कार्यक्रम अन्तरगत गाबिस मा ३ लाख देखि शुरु गरेको बजेट अहिले ३० देखि ४० करोड सम्म गाउँपालिका मा बजेट नेकपा को सरकार ले लयाएको अध्यक्ष हजरा ले दाबी गरेका छन। बृद्धा भता ३ सय देखि ३हजार सम्म दिरहेको र अगामि दिन मा ५ हजार दिने नेकपा केपी सरकार ले दिने ठोकुवा गर्नु भएको छ।स्वास्थ्य को क्षेत्रमा प्रतेक गाउँपालिका र नगरपालिका हरु मा १५ देखि २५ सैयाको अस्पताल स्थापना गरिने अध्यक्ष हजरा ले जनाए का छन। वर्तमान सरकारले जनताको हक र हितमा गरेको लोककल्याणकारी कामको प्रचार गर्ने र आगामी निर्वाचनमा नेकपाको पक्षमा जनमत निर्माण गर्न सबै लाग्नुपर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एव संबिधान सभाका सदस्य जयप्रकाश थारु ले भने मधेशी जनता हरु लाई झुठा झासा दिएर मधेशी पार्टी कहलाउने हरु ले मधेशी हरुको रगत मा रोटी सेकने काम गरिरहेका छन। मधेश अंदोलन मा पचास लाख दिने भने सहिद र घाईते हरु संग भेटन समेत नगइ मधेशी हरु हरु को खुन मा रोटी सेकने काम मात्र गरिरहेका छन र बिकास को नाउँ मा भ्रष्टाचार गरिरहेका छन। यसता झासा दिएर जनता हरु को मत लिएर बगरुपिया पार्टी हरु अाउने चुनावमा मत नदिन अाग्रह गर्दै नेकपा केपी अोली मा मतदान गर्न अाग्रह गरे।कार्यक्रम मा संबिधान सभा सदस्य राजकुमार गुप्ताले जाहाँ केपी ओली त्यही नेकपा र सूर्य चिन्ह रहने भएकोले कोही पनि विचलित नभै लाग्नुपर्ने धारणा राख्नुभएको थियो ।
उहाँले सरकारले गरेको काम बढी प्रभावकारी बनाउनको लागि कार्यकर्ताहरु लाग्नुपर्ने धारणा राख्नुहुँदै अब हुने निर्वाचनमा आफ्नो पक्षमा जनलहर निर्माणमा लाग्नुपर्ने समेत बताउनुभयो ।
उहाँले मधेस, पहाड, हिमाल सबै क्षेत्रमा समाज विकासको अवधारणा प्रदर्शन गर्नुले प्रधानमन्त्री ओलीलाई घेराबन्दीमा पारेर देश र जनताको हितमा काम गर्नबाट प्रचण्ड र नेपाल कम्पनीले रोकेको आरोप लगाउनु हुँदै अब वैशाखमा हुने निर्वाचनमा सुविधाजनक बहुमत दिन मतदाताहरुलाई आग्रह गर्नुभयो।
यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै छिपहरमाई गाँउपालिका अध्यक्ष मनोज गुप्ताले प्रचण्डको निजी स्वार्थका कारण पार्टी बिभाजन भएको आरोप लगाउनुभयो । उहाँले महान जनयुद्ध बाट प्राप्त उपलब्धीलाई पनि प्रचण्डले स्वार्थका कारण बचाउन नसकेको दावी गर्नुभयो । उहाँले देशमा प्रधानमन्त्री ओलीको बिकल्प नरहेको समते ठोकुवा गर्नुभयो । काँग्रेस र मधेशवादीहरु अवसरवादी भएको बताउदै अगामी चुनावमा त्यस्ता पार्टीलाई तह लगाउनु पर्ने कुरामा अध्यक्ष गुप्ताले जोड दिनुभयो ।
कार्यक्रममा नेकपा का केन्द्रीय सदस्य एव संविधान सभाका सदस्य प्रद्युम्न चौहान, नेकपाका नेता एवं केन्द्रिय सदस्य बसरुद्धिन अन्सारी, प्रदेश कमिटी सदस्य योगेन्द्र साह कानु, बलिराम साह,तेजप्रकाश निषाद, अकलेस साह, लगायत ले मन्तब्य ब्यक्त गरेका थिए।कार्यक्रम मा जिराभवानी गापा उपाध्यक्ष उषा चौधरी , श्याम प्रसाद पटेल, लगायत ले अाफ्ना धारणा राखनु भएको थियोे कार्यक्रममा फुलझरी देवी,ईमरान हुसेन,हरी पटेल, शम्भु पाल ,खुरुम्म अंसारी गौरव संतोष पटेल , सदाम अहमद ,सुनिल साह कानु, अबास मिया, लगायतको नेता कार्यकर्ता हरु उपस्थिती रहेको थियो । कार्यक्रम नेकपा धोबिनी गापा अध्यक्ष मजिद मियाँ को अध्यक्ष्ामा समपन भएको थियो । कार्यक्रम संचालन बिरेन्द्र साहले गरेको थियो भने कार्यक्रम शुरु हुनु अघि नेकपाका नेता कार्यकर्ताहरुले धोबिनी गाउँपालिका समेत परिक्रमा गरेक थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको