LIVE 
पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष यादवले गरे नयाँ चमतकार | उपकार सेवा नेपाल द्वारा बालबालिकाहरु लाई टैन्की तथा धारा जडान | धोबिनीमा दादुरा- रुबेला खोप अभियानसम्बन्धि अभिमुखीकरण | धोबिनी गा.पा का नेकपा एमाले राष्ट्रि्य युवा संघ नेपाल का महाधिवेशन प्रतिनीधि , गाउँपालिका अध्यक्ष समेत रहेका मिरोज समानीले पार्टी परित्याग गरेका छन् | एसपी ढुंगेलले पर्साको कमाण्ड सम्हालेको २४ घण्टामै हातहतियार सहित दुईजना पक्राउ | ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु | बाघको आक्रमणबाट २ जना घाइते | राति १० बजे देखि लागु हुने कर्फ्यु अब पूर्ण रूपले हटाइएको छ | बारामा ट्रक र जीप ठोक्किदा दूई जनाको मृत्यु । | एसपी कुमोद ढुंगेलले जिल्ला प्रहरी कार्यालय पर्सा, को जिम्मेवारी सम्हाले |

राजन कुमार बानिया पोखरिया ५ माघ ।
लैंगिक हिंसा एवम् समाजिक कुरुती विरुद्धकाे जनचेतना मुल्क कार्यक्रम पर्साको पोखरिया नगरपालिका मा अाज सम्पन्न भएकाे छ । पाेखरिया नगरपालिका को सहयोग र इलाका प्रहरी कार्यालय पाेखरियाकाे आयाेजनामा
श्री जिल्ला उच्चांगल रामदेव कलवार माध्यमिक विद्यालयमा भएकाे कार्यक्रममा वाेल्दै पाेखरिया नगरपालिकाका नगरप्रमुख दिपनारायण राैनियारले लैंगिक हिंसा न्युनिकरणकाे लागि महिलाहरु लाई अगाडी बढनु मा जोड दिनु भएको थियोे ।


कार्यक्रमकाे प्रमुख अतिथी समेत रहेका नगरप्रमुख राैनियारले त्यसकाे लागि शिक्षा जरुरी रहेकाे धारणा राख्नु भयाे । महिला हरु लाई जनचेतना को समेत जरुरी रहेकोछ। लैंगिक हि्सा एवम कुरुती विरुद्ध जनचेतना मुल्क कार्यक्रम मा नगरपालिका बाट बिषेश सहयोग रहने प्रतिबद्धता गर्नु भएको थियो ।कार्यक्रम मा
संघिय प्रहरी इकाई कार्यालय जनकपुरका प्रहरी बरिष्ठ उपरिक्षक किशाेर कुमार दहालले महिला नेतृत्व तहमा आएपछि मात्र लैंगिक हिंस न्युनिकरण गर्न सकिने वताए ।

उनले प्रहरीकाे एकलाे प्रयासले मात्र हिंसा न्युनिकरण सम्भव नरहेकाे वताउदै बिशेष गरी युवाहरुकाे सहयाेग जरुरी रहेकाे धारण राखे
प्रहरी बरिष्ठ उपरिक्षक दहालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पाेखरिया नगरपालिकाकी उप मेयर सलमा खातुन, वडाध्यक्ष लक्ष्मण साह, इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक दिपक थापा, सशस्त्र प्रहरी बेस क्याम्प पाेखरियाका प्रहरी निरिक्षक प्रमोद राय,बिधालय का प्रअ ब्यास महतो, मेयर का स्वकिय सचिव राजु रौनियार, पाेखरिया युवा समाजका सुजित गिरी, लगायत शिक्षक र बिधालय का छात्र,छात्रा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको