LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

सखुवाप्रसौनी ५ माघ । दलित बालबालिकाको लागि जाडोको लागि न्यानो कपडा वितरणपिसफोर दलितस फाउन्डेसन नेपालको विशेष पहल र डा. बिपि खनालको सहयोगमा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका -२ , प्रसौनी गाउँमा रहेकोे श्री गढी भगवती आधारभूत विद्यालयको दलित बालबालिकाहरुको लागि जाडोको लागि न्यानो कपडा वितरण गरिएको छ। तराई मधेस तिर अत्यधिक जाडो बढेकोले कपडा नभएको दलित बालबालिकाहरुलाई कपडा सहयोग गरिएको छ। १०० जना बालबालिकाहरु लाई कपडा वितरण गरिएको छ।पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका-२ को प्रसौनी टोलमा दलित समुदायको जनसंख्या बढी भएको र दलित घरपरिवारको आर्थिक अवस्था कमजोर भएकोले जाडोमा कपडा सहयोग गरिएको छ।
कक्षा -५ को सुजित पासवानले सहयोगीलाई धन्यवाद दिएका छ। अर्को कक्षा -४ को आर्थी कुमारी राम कपडा पाएर खुसी भएको छ।

यस कपडा वितरण कार्यक्रममा यस विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हिरालाल रामको अध्यक्षता , प्रमुख अतिथि बिपि खनाल , विशेष अतिथि राजकुमार घिमिरे , प्र,अ. रामकिशोर महतो थारु , विरेन्द्र प्रसाद यादव , शिक्षिका सर्मिला राय, पिसफोर दलित फाउन्डेसन नेपालको सदस्य सुरेन्द्र पासवान , दलित अगुवा प्रदिप राम लगायतको सहभागिता रहेकोे छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको