LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

सखुवाप्रसौनी ५ माघ । दलित बालबालिकाको लागि जाडोको लागि न्यानो कपडा वितरणपिसफोर दलितस फाउन्डेसन नेपालको विशेष पहल र डा. बिपि खनालको सहयोगमा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका -२ , प्रसौनी गाउँमा रहेकोे श्री गढी भगवती आधारभूत विद्यालयको दलित बालबालिकाहरुको लागि जाडोको लागि न्यानो कपडा वितरण गरिएको छ। तराई मधेस तिर अत्यधिक जाडो बढेकोले कपडा नभएको दलित बालबालिकाहरुलाई कपडा सहयोग गरिएको छ। १०० जना बालबालिकाहरु लाई कपडा वितरण गरिएको छ।पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका-२ को प्रसौनी टोलमा दलित समुदायको जनसंख्या बढी भएको र दलित घरपरिवारको आर्थिक अवस्था कमजोर भएकोले जाडोमा कपडा सहयोग गरिएको छ।
कक्षा -५ को सुजित पासवानले सहयोगीलाई धन्यवाद दिएका छ। अर्को कक्षा -४ को आर्थी कुमारी राम कपडा पाएर खुसी भएको छ।

यस कपडा वितरण कार्यक्रममा यस विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हिरालाल रामको अध्यक्षता , प्रमुख अतिथि बिपि खनाल , विशेष अतिथि राजकुमार घिमिरे , प्र,अ. रामकिशोर महतो थारु , विरेन्द्र प्रसाद यादव , शिक्षिका सर्मिला राय, पिसफोर दलित फाउन्डेसन नेपालको सदस्य सुरेन्द्र पासवान , दलित अगुवा प्रदिप राम लगायतको सहभागिता रहेकोे छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको