LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

वीरगञ्ज । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकाको वडा नम्बर ८ रमौली लोसन्डा र वडा नम्बर २० बस्डीलवा बीच रहेको दुधौरा नदीमाथि पुल निर्माण हुने भएको छ ।
दुधौरा नदीमा पुल निर्माण हुनेभएपछि लामो समयदेखि वैकल्पिक बाटो प्रयोग गर्न बाध्य रहेका स्थानीय हर्षित भएका छन् । पुल नहुँदा वर्षायाममा स्थानीय २५ किलोमिटर लामो वैकल्पिक बाटो प्रयोग गर्ने गरेका थिए ।
प्रदेश नम्बर २ को भौतिक पूर्वाधार विकास मन्त्रालयको झन्डै १३ करोड रुपैयाँको लागतमा निर्माण हुनलागेको पुलको आइतबार मन्त्री जितेन्द्र सोनलले शिलन्यास गरेका छन् । पुल निर्माणको जिम्मा मकवानपुर जिल्लास्थित हेटौँडाको सपना मेरिना जेभी कन्स्ट्रक्सनले लिएको छ ।
१ सय मिटर लामो पुल आगामी २०७९ असोज २८ गतेसम्म निर्माण कम्पनिले सम्पन्न गर्ने सम्झौता गरेको मन्त्रालयले जनाएको छ ।
शिलन्यास कार्यक्रममा बोल्दै मन्त्री सोनलले विकास निर्माणमा प्रदेश नम्बर २ ले अन्य सम्पूर्ण प्रदेशलाई पछाडी छोडेको दावी गरेका थिए । उनले पुल निर्माणपछि ग्रामिण क्षेत्रका कृषकहरुको उत्पादन शहरी बजारसम्म सजिलै पुग्ने विश्वास व्यक्त गरे ।
जनता समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्यसमेत रहेका मन्त्री सोनलले पुल निर्माण पश्चात जितपुर सिमराका जनतालाई जिल्लाको सदरमुकाम कलैया पुग्न समेत सहज हुने बताए ।
उनले एक फरक प्रसङ्गमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओली सङ्घीयता विरोधी भएको बताउँदै नेकपालाई बहिष्कार गर्न जनतासँग आग्रह गरेका थिए ।
शिलन्यास कार्यक्रममा विघटित प्रतिनिधिसभा सदस्य एकबाल मियाँ, जसपाका नेता घनश्याम गिरि, शिवजी साह, वडा अध्यक्ष रामबाबु पटेल, सरोज पटेल, रसुल मियाँलगायतको उपस्थिति रहेको मन्त्री सोनलका स्वकीय सचिव सन्तोष यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको