LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

धर्मेन्द्र प्रसाद यादव ,भिस्वा ३ माघ। पर्साकाे छिपहरमाई गाउँपालिका वडा नः१ मिर्जापूरमा नेपाल यूवा संघको वडा स्तरि कमिटी गठन भएकाे छ ।छिपहरमाई गाउँपालिकाकाे वडा नं. १ मिर्जापूर माई स्थानमा भएकाे एक गठनले संतोष कुमार यादवको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरेकाे हाे । जुन समितिकाे उपाध्यक्ष उदय साह कलवार, सचिव प्रदीप कुमार राम, सह – सचिव देवनाथ साह कलवार, कोषाध्यक्ष दिनेश यादव चयन भएका छन् ।जिल्ला समन्वय समिति सदस्य तथा नेपाल युवा संघको छिपहरमाई गाउँपालिका अध्यक्ष सुबास साहको प्रमूख अतिथ्यता तथा वडा नः १ का वडा अध्यक्ष राजबली राउत अहिरको विशिष्ट अतिथियतामा भएकाे कार्यक्रममा वडा सदस्य भाग्रीत महरा , नेकपाको गाउँपालिका पार्टी सदस्य रामबाबु साह ,भिखारी पटेल, लगायतकाे उपस्थिती रहेको थियो । आज छिपहरमाई गाउँपालिकाको वडा नः २ सम्भौता र वडा नः ४ तुलसी बर्वा गरि ३ वटै वडामा आज नेपाल युवा संघको गठन भएको छ / गाउँपालिका भित्र बाकी रहेको वडा नः५ भिस्वा र वडा ३ जयमँगलपुर एक हप्ता भित्रमा नै गठन गरि नेपाल युवा संघ गाउँपालिका कमिटी गठन पनि एक महीना भित्रमा नै भब्य रुपमा कार्यक्रम गरि गठन गरिने नेपाल युवा संघ छिपहरमाई गाउँपालिका अध्यक्ष सुबास साहले बताएका छन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको