LIVE 
पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष यादवले गरे नयाँ चमतकार | उपकार सेवा नेपाल द्वारा बालबालिकाहरु लाई टैन्की तथा धारा जडान | धोबिनीमा दादुरा- रुबेला खोप अभियानसम्बन्धि अभिमुखीकरण | धोबिनी गा.पा का नेकपा एमाले राष्ट्रि्य युवा संघ नेपाल का महाधिवेशन प्रतिनीधि , गाउँपालिका अध्यक्ष समेत रहेका मिरोज समानीले पार्टी परित्याग गरेका छन् | एसपी ढुंगेलले पर्साको कमाण्ड सम्हालेको २४ घण्टामै हातहतियार सहित दुईजना पक्राउ | ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु | बाघको आक्रमणबाट २ जना घाइते | राति १० बजे देखि लागु हुने कर्फ्यु अब पूर्ण रूपले हटाइएको छ | बारामा ट्रक र जीप ठोक्किदा दूई जनाको मृत्यु । | एसपी कुमोद ढुंगेलले जिल्ला प्रहरी कार्यालय पर्सा, को जिम्मेवारी सम्हाले |

  • राजन कुमार बानिया

पर्सा, १ माघ : पर्साको छिपहरमाई गाउँपालिकामा अध्यक्ष मनोज कुमार गुप्ताले छिपहरमाई गाउँपालिका भित्र १५ सैया बेडको अस्पताल बनाउन जनताहरु संग गरेको प्रतिबधाता लाई पुरा हुने भएको छ।

छिपहरमाई गापाका भित्र १५ सैया बेडको अस्पताल बनाउन निर्माण कार्यको लागी नक्सा र डिजाईनको ,डिपिअार काम भईसकेको र छिटै ठेक्का गरि निर्माणको काम अगाडि बढाउने अध्यक्ष गुप्ता ले जनाएका छन। गाउँपालिका क्षेत्रमा एउटा राम्रो अस्पताल नरहेकोले तुल्सीवर्वा र टिहुकी सेढामा बर्थिग सेन्टरको स्थापना गरिएको छ।

छिपहरमाई गाउँपालिकाको जनताहरु संग गरिएको प्रतिबधाता पाँच वर्ष नबितदै गरेर हेराउने अध्यक्ष गुप्ता ले बताए । मेरो पहीलो प्राथमिकता स्वास्थ्य र शिक्षामा जोड रहेको छ। गाउँपालिकाको पाचै वटा वडाहरुमा बर्थिंग सेन्टर स्थापना र १५ सैया को अस्पताल संचालन मा ल्याई गाउँपालिकाको जनता हरुको स्वास्थ्य समस्या समस्या गरिने बताए।

वर्षौ पहिला देखि छिपहरमाई गाउँपालिकामा एउटा पनि बर्थिंग सेन्टर र ठुलो अस्पताल नरहेको र बाटोघाटो समस्या समेत रहेको कारण यस क्षेत्रका महिलाहरुले प्रशुती गराउन भारतको बेतिया,मैनाटाड,सिकटा र नेपाल को बिरगंज लगायतको ठाउँमा जानुपरिरहेको थियो बाटोघाटो को समस्या ले गर्दा कतिपै महिलाहरुले सम्यमा स्वास्थ्य संस्थाहरुमा नपुगदै बाटोमै अकाल मृत्युु हुने गरिरहेकोले सो लाई मध्यनजर गरि आफु जितेको तिन वर्षमा पहिलो प्राथमिकता स्वास्थ्यमा रहि बर्थिंग सेन्टर स्थापना गराएको छु र अब १५ सैया को अस्पताल स्थापना गराएर छिपहरमाई गाउँपालिका को जनता हरु को समस्या समधान गरिने अध्यक्ष गुप्ता ले जनाएका छन।

१५ सैया का अस्पताल भवन निर्माण को लागी सबै कार्य पुरा भईसकेको छ अब टेन्डर गरि निर्माण कार्य अगाडि बढाउने गापा अध्यक्ष गुप्ता ले बताए । १५ सैया अस्पताल को लागी ७ देखी १० कठा सम्म जग्गा को अावस्कता रहेको ले सेढा मा प्राप्तमात्रामा जग्गा रहेको ले सो ठाउमा १५ सैया को अस्पताल स्थापना गरिने बताए ।यो १५ सैया को अस्पताल बाट छिपहरमाई गाउँपालिका लगायत अन्य गाउँ ठाउँ का हजारौ जनता हरु ले लाभ लिने बिश्वास रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको