LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

राजन कुमार बानिया पर्सा २६ पुष । पर्साको धोबिनी गाउँपालिका वाड नं ५ धोबिनी मा भईरहेको भलिबल लिग टुनामेन्ट को उदघाटन अाज एक समारोह का बिच प्रमुख अतिथि रहनु भएका जनता समाजबादी पार्टी का संघिय परिषद सदस्य सलाउदिन अहमदले फिता काटेर उदघाटन गर्नु भएको थियो। कार्यक्रम को प्रमुख अतिथि उदघाटन गर्दै भने भलिबल खेल्दा गरिने ‘वाकिङ’ र ‘रनिङ’ले ‘कार्डियोभास्कुलर हेल्थ’मा फाइदा पुरयाउँछ ।भलिबल खेल्दा हाड मजबुत बन्छ । साथै, मसल्स टोनिङ र लोअर बडीको बोसो कम गर्नसमेत यो खेल निकै उपयोगी हुन्छ ।
खेल्ने क्रममा मस्तिष्कले निकै तीव्र गतिमा काम गर्छ । त्यस्तो समय शरीरका अन्य भागले पनि मस्तिष्कलाई छिटो पछ्याउने गर्छ । जसका कारण शरीर र मस्तिष्कबीचको सन्तुलन पनि अब्बल हुन्छ ।


बालबालिकाको शारीरिक विकासमा सहयोग पुग्छ । मानिसको आत्मविश्वास र सकारात्मक ऊर्जा बढ्छ । लक्ष्यप्राप्तिमा फोकस हुन सिकाउँछ ।
भलिबल टिम गेम हो । यसले एकजुट हुन, सहकर्मीलाई विश्वास गर्न र आपसी समन्वय मजबुत बनाउन प्रोत्साहन गर्छ । खेलले अनुशासन सिखाउ छ । खेल को मध्यम बाट गाउँ र देश को नाउँ हुने गर्छ। भलिबल लिंग टुनामेन्ट अाज को खेल भारत पिडाडी र झुमका बिच भएको छ।झुमका ले टस जितेर बौलिंग सुरु गरेको थियो। अाजको खेलमा झुमका र पिडारी भएको खेलमा झुमका ३/0 बिजयी हासिल गरेको छ।र साथै धमौरा र पचमवा बिच भएको खेलमा पचमवा ३ /२ गेम जिति बिजय हासिल गरेको अायोजक समित ले जनाएका छन।उदघाट कार्यक्रम वाड अधयक्ष मनाउर मियाँ को अधयक्षमा भएको थियोे ।कार्यक्रम नागेन्द्र पटेल,महमजान देवान,शम्भु पटेल,महेश ठाकुर ,अफजज मियाँ पहलाद पटेल , सरफुदिन मियाँ लगायत को सहभागिता रहेको थियोे ।भोली को खेल धोबिनी र पिडारी,साथै झुमका र धमौरा बिच हुने अायोजक संस्था ले जनाएका छन।टुनामेन्ट मा नेपाल भारत गरि ९ वाट टिम भागलिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको