Pradesh TV
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
TRENDING
सेना समाचार नेपाली सेना सेना कोरोना प्रधानसेनापति प्रधानसेनापति पूर्णचन्द्र थापा छठ पर्व तिहार
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
pradeshtv-tv-pradesh-logo
No Result
View All Result

पर्साको पोखरीया नगरपालिकामा नेकपाको बृहत भेला सम्पन्न।

कृष्णा कुशवाहा बिरगंज २६ पुस । नेकपाको पोखरीया नगर स्तरिय भेला आज पोखरीयामा सम्पन्न भएको छ । नेकपा पोखरीया नगर अध्यक्ष एवं केन्द्रिय सदस्य प्रद्युम्न चौहानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा अध्यक्ष प्रभु हजराले प्रचण्ड माधव समुहका कारण देश अस्थिरता तर्फ गएको दावी गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका हजराले प्रधानमन्त्री ओलीको लोकप्रियता देखेर आफनै पार्टीबाट षडयन्त्र भएको बताउनुभयो ।उहाँले देशलाई जोगाउन प्रधानन्त्री ओलीले सदन बिघटन गरेको दावी समेत गर्नुभयो । यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै संबिधान सभा सदस्य एवं केन्द्रिय सदस्य राजकुमार गुप्ताले प्रचण्ड माधव समुहले पद ,पावर र पैसाको लागि नेकपालाई बिभाजन गरेको दावी गर्नुभयो । उहाँले आफनो स्वार्थ पुरा गर्न दुई तिहाईको सरकारलाई असफल बनाउन प्रचण्ड माधव समुहले षडयन्त्र गरेको दावी गर्नुभयो । लोकतन्त्रको रक्षाको लागि निर्वाचन आवश्यक रहेको बताउदै गुप्ताले अगामी बैशाखमा हुने निर्वाचनमा भाग लिन समेत कार्यकर्ताहरुलाई निर्देश दिनुभयो ।
नेता गुप्ताले ओली सरकारका कारण देशमा बिकाशको लहर आएको बताउनुभयो । गुप्ताले तराई ,पहाड र हिमाल चारै तिर अहिले बिकाश निर्माणको कार्यले गति लिएको बताउदै नेपालको ईतिहासमा प्रधानमन्त्री ओलीजति अरु कोई प्रधानमन्त्री सफल नभएको दावी समेत गर्नुभयो ।
यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै छिपहरमाई गाँउपालिका अध्यक्ष मनोज गुप्ताले प्रचण्डको निजी स्वार्थका कारण पार्टी बिभाजन भएको आरोप लगाउनुभयो । उहाँले महान जनयुद्ध बाट प्राप्त उपलब्धीलाई पनि प्रचण्डले स्वार्थका कारण बचाउन नसकेको दावी गर्नुभयो । उहाँले देशमा प्रधानमन्त्री ओलीको बिकल्प नरहेको समते ठोकुवा गर्नुभयो । काँग्रेस र मधेशवादीहरु अवसरवादी भएको बताउदै अगामी चुनावमा त्यस्ता पार्टीलाई तह लगाउनु पर्ने कुरामा नेता गुप्ताले जोड दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस र जसपा पार्टी परित्याग गरि राजेश रौनियार,राजकिसोर कुर्मी,मनिर आलम लगायत ३०जना नेता कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन । नवप्रवेशी नेताहरुलाई पार्टी अध्यक्ष प्रभु हजरा, केन्द्रिय सदस्य राजकुमार गुप्ता लगायतका नेताहरुले फुलमाला र अबिर लगाई स्वागत गर्नुभएको थियो।
कार्यक्रमा संबिधान सभा सदस्य एवं केन्द्रिय सदस्य जयप्रकाश थारु, निर्मला देवकोटा, प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद,छिपहमाई गाँउपालिकाको प्रमुख मनोज गुप्ता, नेकपा नेता राजदेव दास, बिन्ध्याँचल ठाकुर, जोगिन्द्र साह, शम्भु पाल,हनिफ अंसारी,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष एवं जिल्ला कमिटी सदस्य श्याम बन्जारा लगायतले धारणा राख्नुभएको थियो । कार्यक्रममा केन्द्रिय सदस्य बिना शर्मा, जिल्ला कमिटी सदस्य अनुप तिवारी, श्याम गुप्ता,युवा नेता यशवन्त यादव,अकलेश साह संतोष पासवान लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य प्रमोद गिरीले गरेका थिए भने सहजीकरण नगर कमिटी सदस्य दिनेश चौहानले गरेका थिए । असअघि कार्यक्रम शुरु हुनु अघि नेकपाका नेता कार्यकर्ताहरुले पोखरीया बजार समेत परिक्रमा गरेक थिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार

छिपहरमाई गाउँपालिका मा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) गठन।

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

छिपहरमाई गाउँपालिका माओवादी केन्द्र का पालिका अन्तर्गतको भेला र पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न

निष्काशित व्यक्तिको संरक्षणको लागि प्रदेश अध्क्षले जारी गरेको विज्ञप्तिप्रति प्रदेश समितिको गम्भिर ध्यानाकर्षण

निष्काशित व्यक्तिको संरक्षणको लागि प्रदेश अध्क्षले जारी गरेको विज्ञप्तिप्रति प्रदेश समितिको गम्भिर ध्यानाकर्षण

तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डलाई युवाहरूले दिए बधाई एवं शुभकामना

जिराभवानीको बजेटमा ६०/४० को भागबण्डा, ४७ लाख तालिममै खर्च, असुली गर्न निर्देशन

ताजा समाचार

छिपहरमाई गाउँपालिका मा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) गठन।

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

छिपहरमाई गाउँपालिका माओवादी केन्द्र का पालिका अन्तर्गतको भेला र पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न

निष्काशित व्यक्तिको संरक्षणको लागि प्रदेश अध्क्षले जारी गरेको विज्ञप्तिप्रति प्रदेश समितिको गम्भिर ध्यानाकर्षण

निष्काशित व्यक्तिको संरक्षणको लागि प्रदेश अध्क्षले जारी गरेको विज्ञप्तिप्रति प्रदेश समितिको गम्भिर ध्यानाकर्षण

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

यो वेबसाइट नेपाली  भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन बिस्तृत…

हाम्रो बारेमा

प्रदेश टिभी अनलाइनपोर्टल

 वीरगंज -१३ , पर्सा

सम्पर्क नं. ९८६५२६६१२७

 [email protected]

हाम्रो टीम

प्रकाशक : प्रदेश टिभी अनलाइन पत्रिका

संचालक/सम्पादक : ……………….

स-सम्पादक : ………….

समाचारका लागि सम्पर्क नं.: ९८६५३६९९०६

विज्ञापनका लागि : ९८६५३६९९०६

फेसबुकमा हामी

© 2020 Pradesh TV

  • Privacy Policy
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर