LIVE 
हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप | लेखा अधिकृत पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा | प्रतिनिधिसभा नियमावली संशोधनको तयारी, मस्यौदा समिति गठन हुने | प्रहरी कारबाहीविरुद्ध लेखापढी व्यवसायी आन्दोलित | ओली पक्राउ राजनीतिक प्रतिशोध: कोशी एमालेको कडा प्रतिक्रिया | शनिबार बिहानै पक्राउ, एमालेले सुरु गर्‍यो विरोध प्रदर्शन | आदर्श कोतवालमा बिलका भरमा लाखौँको घोटाला, ३८ लाखको मसलन्द खरिदमा व्यापक अनियमितता | नेपाली कांग्रेस भित्र अनुभव र सुझबुझको आधारमा डा. चन्द्रमोहन यादव संसदीय दलको नेता बन्ने चर्चा |

कृष्णा कुशवाहा बिरगंज २५ पुस । संसद विघटनको बिरोधमा नेपाली काँग्रेस पर्सा क्षेत्र न ३ को (ख)ले शनिबार पर्साको बहुदरमाई नगरपालिकामा आज वृहत मोटरसाईकल रयाली निकाल्दै बिरोध प्रदर्शन गरेको छ ।कांग्रेसले आव्हान गरेको आन्दोलनका कार्यक्रम अनुसार देशका ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध रयाली र सभा अन्र्तगत क्षेत्र नं ३ को ख सबै गाउँमा मोटरसाईकल रयाली निकालिएको हो ।पकहा मैनपुरबाट निकालिएको मोटरसाईकल रयालीले मधुबनी,हस्वा , प्रसौनी, बहुवार्वा हुँदै बहुदरमाई नगरपालिका को वडा नम्बर ९ विश्रामपुर मा भेला आएर कोण सभामा परिणत भएको थियो ।रयालीमा सहभागी भएका नेता कार्यकर्ताहरुले,सँसद बिघटन खारेज गर,असँबैधानिक कदम फिर्ता गर,नेपाली काँग्रेस जिन्दाबाद,केपी तिम्रो पाराले दुख पायो साराले लगायतका नाराहरु लगाएका थिए ।कोण सभामा बोल्दै काँग्रेसका नेताहरुले सँसद बिघटन गर्नु असँबैधानिक कदम भएको भन्दै खारेज हुनुपर्ने माँग गरेका थिए ।बिरोध सभामा काँग्रेस पर्साका पूर्व मन्त्री सुरेन्द्र चौधरी, संविधान सभा सदस्य रामेश्वर रौनियार ,नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, महाधिवेशन प्रतिनिधि अशोक गुप्ता ,ने. कां. महासमिति सदस्य बाबुलाल मेहता, रामनरेश यादव, बहुदरमाई नगरपालिका मेयर नितेन्द्र साह, पोखरीया नगरपालिका मेयर दिपनारायण रौनियार,तरुण दल पर्साका सचिव विवेक चौरसिया,ने.वि. संघ पर्साका सचिव राकेश कुशवाहा,तरुण दल पर्साका सदस्य उपनेश चौरसिया, पिन्टु रौनियार लगायत नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको