LIVE 
पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष यादवले गरे नयाँ चमतकार | उपकार सेवा नेपाल द्वारा बालबालिकाहरु लाई टैन्की तथा धारा जडान | धोबिनीमा दादुरा- रुबेला खोप अभियानसम्बन्धि अभिमुखीकरण | धोबिनी गा.पा का नेकपा एमाले राष्ट्रि्य युवा संघ नेपाल का महाधिवेशन प्रतिनीधि , गाउँपालिका अध्यक्ष समेत रहेका मिरोज समानीले पार्टी परित्याग गरेका छन् | एसपी ढुंगेलले पर्साको कमाण्ड सम्हालेको २४ घण्टामै हातहतियार सहित दुईजना पक्राउ | ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु | बाघको आक्रमणबाट २ जना घाइते | राति १० बजे देखि लागु हुने कर्फ्यु अब पूर्ण रूपले हटाइएको छ | बारामा ट्रक र जीप ठोक्किदा दूई जनाको मृत्यु । | एसपी कुमोद ढुंगेलले जिल्ला प्रहरी कार्यालय पर्सा, को जिम्मेवारी सम्हाले |

वीरगंज २५ पुस । पर्साको बहुदरमाई नगरपालिकामा आज नेकपाको वृहत नगर भेला सम्पन्न भएको को छ । नेकपा नेता प्रमोद कुशवाहाको अध्यक्षता एवं नेकपा पर्सा अध्यक्ष प्रभु हजराको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी प्रभु हजराले प्रधानमन्त्री ओलीको लोकप्रियता देखेर पार्टी भित्रबाट असहयोग गर्ने काम भएको बताउनुभयो । उहाँले चौतर्फी घेराबन्दी गरेर देशमा अस्थितरता ल्याउने तत्वका कारण सदन बिघटन गर्नु परेको बताउनुभयो । उहाँले ओली नेतृत्वको सरकारले गरेको राम्रा कामको प्रचार प्रसार गरी निर्वाचनमा होमिन नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।यसैगरी संबिधान सभा सदस्य एवं केन्द्रिय सदस्य राजकुमार गुप्ताले नेपालको ईतिहासमा प्रधानमन्त्री ओली जति सफल प्रधानमन्त्री अरु कोइ नभएको दावी गर्नुभयो । नेता गुप्ताले ओली नेतृत्वको सरकराले देशमा स्वास्थ्य,शिक्षा, बिकाश निर्माण तथा कृषि क्षेत्रमा क्रान्ति ल्याएको दावी गर्नुभयो । लिपुलेक,लुम्पियाधुरा र कालापानी सहितको नक्सा पास, पुनःनिर्माण ,धरहारा निर्माण,पेट्रोलिय पाईपलाईन बिस्तार, फास्ट ट्रयाक,जलबिद्युत परियोजना निर्माण लगायत राष्ट्रिय गौरवका आयोजनाको निर्माणले पनि ओली सरकारको सफलपता पुष्टि भएको बताउनुभयो । उहाँले अमुक व्यत्तिको स्वार्थ पुरा हुन नदिन प्रधानमन्त्री ओलीले सदन बिघटन गरेको बताउदै गणतन्त्र र संघियता बचाउन बैशाख १७ र २७ गते हुने निर्वाचनमा सहभागी हुन स्थानियलाई अनुरोध गर्नुभयो । उहाँले नेकपाले नेतृत्व गरेको स्थानिय निकाय बाहेक अधिंकाश स्थानिय तहमा चरम भ्रष्टाचार मौलाएको आरोप लगाउनुभयो । गुप्ताले ओलीको लोकप्रियता देख्न नसक्ने र देशमा अस्थिरता चाहनेहरु अहिले सक्रिय भएको बताउदै त्यस्ता व्यक्तिहरुलाई समाजबाट बहिष्कार गर्नुपर्ने धारणा राख्नुभयो । प्रतिगमनकारीले निर्वाचन गराएको ईतिहास नभएको बताउदै निर्वाचनबाट भाग्ने र जनताको सामना गर्न नसक्ने अग्रगमनकारी हुनै नसक्ने गुप्ताले ठोकुवा गर्नुभयो ।कार्यक्रममा संबिधान सभा सदस्य एवं केन्द्रिय सदस्य प्रधुम्न चौहान, फुलझरि देवी, प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद,नेकपा युवा नेता यशवन्त यादव ,हनिफ अंसारी, सुरज कलवार, बिन्ध्याँचल ठाकुर,खुरम आलम लगायतकाले धारणा राख्नुभएको थियो ।कार्यक्रममा केन्द्रिय सदस्य बिना शर्मा, जिल्ला कमिटी सदस्य संजिव मिश्रा , अमिताभ बच्चन दास, गणपत कुशवाहा, केदार तिवारी, श्याम गुप्ता,सुनिल कुमार चौरसिया,पुरन प्रसाद कुर्मी, पुर्व गाबिस अध्यक्ष मंगल साह कानु, बाबुलाल यादव, समाजसेवी महानन्द यादव,शिव बालक यादव, राजेन्द्र साह कानु, वडा सदस्य शारदा देवी,युवा नेता रवि गुप्ता लगायतको सहभागिता रहेको थियो ।कार्यक्रममा स्वागत मन्तव्य उमेश साह कानुले गरेका थिए भने सहजीकरण रामबाबु साहले गर्नुभएको थियो। कार्यक्रममा भोजपुरी गायक सुनिल पंडितले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको