LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

कृष्णा कुशवाहा बिरगंज २४ पुस । आज नेपाल कम्युनिष्ट पार्टीको पकाहमैनपुर गाउँपालिकामा गाउँपालिका स्तरीय बृहत भेला सम्पन्न भएको छ । नेकपा पर्साको निर्णय अनुसार हरेक पालिकामा भेला गर्ने निर्णय अनुसार आज पकाहामा भेला सम्पन्न भएको हो ।भेलामा नेकपा पर्साका अध्यक्ष प्रभु हजराले वर्तमान सरकारले जनताको हक र हितमा गरेको लोककल्याणकारी कामको प्रचार गर्ने र आगामी निर्वाचनमा नेकपाको पक्षमा जनमत निर्माण गर्न सबै लाग्नुपर्ने धारणा राख्नुभएको थियो ।कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवै संबिधान सभाका सदस्य राजकुमार गुप्ताले जाहाँ केपी ओली त्यही नेकपा र सूर्य चिन्ह रहने भएकोले कोही पनि विचलित नभै लाग्नुपर्ने धारणा राख्नुभएको थियो ।उहाँले सरकारले गरेको काम बढी प्रभावकारी बनाउनको लागि कार्यकर्ताहरु लाग्नुपर्ने धारणा राख्नुहुँदै अब हुने निर्वाचनमा आफ्नो पक्षमा जनलहर निर्माणमा लाग्नुपर्ने समेत बताउनुभयो ।उहाँले मधेस, पहाड, हिमाल सबै क्षेत्रमा समाज विकासको अवधारणा प्रदर्शन गर्नुले प्रधानमन्त्री ओलीलाई घेराबन्दीमा पारेर देश र जनताको हितमा काम गर्नबाट प्रचण्ड एण्ड कम्पनीले रोकेको आरोप लगाउनु हुँदै अब वैशाखमा हुने निर्वाचनमा सुविधाजनक बहुमत दिन मतदाताहरुलाई आग्रह गर्नुभयो ।कार्यक्रममा संविधान सभाका सदस्य प्रद्युम्न चौहानले जिल्लाको ४ वटै क्षेत्रमा जसरी भएपनि निर्वाचनमा नेकपालाई जिताउने संकल्प गर्नुभयो ।कार्यक्रममा नेकपाका नेता एवं केन्द्रिय सदस्य बसरुद्धिन अन्सारीले जहाँ ओली, त्यहीँ नेकपा र सूर्य चिन्ह हुने हुनाले ओलीको पक्षमा लाग्न आग्रह गर्नुभयो ।कार्यक्रममा नेताहरु तेजप्रकाश निषाध, सञ्जिव मिश्र, अकलेस साह, हनिफ अन्सारी, कृष्णा कुशवाहा, हृद्यनारायण कुशवाहा , रमाकान्त साह लगायत अन्य थुप्रै मानिस हरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको