LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

बिरगंज २२ पुस । पर्साका प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले उनको केन्द्रीय अनुसन्धान व्युरो इन्टिलिजेन्स महाशाखा, महाराज काठमाडौंमा सरुवा गरेको छ ।
अब पर्सामा नयाँ एसपीका रुपमा बेलबहादुर पाण्डे आउने भएका छन् । प्रहरी प्रधान कार्यालयले मंगलबार सूचना प्रकाशित गरी प्रहरी महानिरीक्षकको निर्णयबाट ३० जना एसपीहरुको सरुवा गरिएको जनाएको छ । जसअनुसार झापामा सानुराम भट्टराई, मकवानपुरमा सोमेन्द्र सिंह राठौर, काभ्रेपलाञ्चोकमा भुपेन्द्र बहादुर खत्री, बारामा दिपेन्द्र शाहीलाई र सिन्धुलीमा आभुषण तिम्सिनालाई पठाईएको छ । कञ्चनपुरमा उमा प्रसाद चतुर्वेदीलाई सरुवा गरिएको छ भने धनुषामा प्रकाश रानाभाटलाई सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको