LIVE 
पकाँहामैनपुरको धोरेमा घटस्थापनाको दिन भव्य कलश यात्रा र्याली निकालिएको छ । | सखुवा प्रसौनी गापा-३ काैवावन कटेयामा रामजानकी मन्दिरकाे गाँउपालिका अध्यक्ष यादवले गरे शिलान्यास | सप्तकोशी नदीमा पानीको वहाव वर्षकै उच्च भएपछि ब्यारेजको ५६ वटै ढोका खोलिएको छ | पकाहा मैनपुर गाँउपालिकाकाे १२ओैं गाँउ सभा सम्पन्न, ३९ कराेड ३९ लाख बराबरको बजेट प्रस्तुत। | नेपाल प्रहरीले असई र इन्स्पेक्टरमा खुलायो नयाँ भर्ना (सूचना सहित) | ‘कल्चरल नेशनल म्युजिक अवार्ड’बाट गायक आदित्य अजय सम्मानित - Pradesh TV | धाेबीनी गाँउपालिकाकाे १० अौ गाउँ सभा सम्पन्न ३९ कराेड १ लाख बराबरको बजेट प्रस्तुत। | अापसी भागभन्डाका कारण नगर र गाउँ सभा हुन नसकदा सेवाग्राही हरु सेवाबाट बन्चित र दिवा खाजा थप | वीरगंजको भाटभटेनी भित्र रहेको क्रन्ची चिकेनमा सडेको मासुको ‘क्रन्ची चिकेन’ बिक्री हुँदै | पकाँहामैनपुर गाउँपालिका वडा नं -१ धोरेमा एक जना महिलाको शव फेला परेको छ |

वीरगञ्ज, १८ पुष । पर्सा राष्ट्रिय निकुञ्जको अमलेखगञ्ज–पथलैया सडकखण्डमा जिपको ठक्करबाट एउटा बाघ मरेको छ ।
हेटौंडाबाट निजगढ गइरहेको अजयकुमार मिश्रको बा १६ च ८११ नम्बरको कारले शनिबार बिहान ७ बजेर २० मिनेटमा सडकमै बाघलाई ठक्कर दिएको र घटनास्थलमै बाघ मरेको निकुञ्जका रेन्जर प्रकाश पुनले बताए ।
जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित आधाभार जंगलमा कारले अन्दाजी ७–८ वर्षको पोथी बाघलाई ठक्कर दिएको हो
कारले बाघको टाउकोमा ठक्कर दिएको थियो । ‘तत्कालै हामी जाँदा अलिअलि चलमलाएको थियो,’ रेन्जर पुनले निकुञ्जको मुख्यालय आधाभारबाट भने, ‘ घाइते बाघ एकछिनमै मर्‍यो ।’
इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी दिपक श्रेष्ठले गाडी र सर्लाही निवासी चालक मिश्रलाई नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाइएको बताए ।
‘तीव्र गतिमा आइरहेको कारमा बाघले जम्प गर्ने क्रममा चक्कामुनि आएको चालकले बयान दिएका छन्,’ एक प्रहरी अधिकृतले भने, ‘यसको थप अनुसन्धान निकुञ्जले गर्ने छ ।’
प्रत्यक्षदर्शी सम्यक चौंलागाइका अनुसार सडक पार गरिरहेको बाघलाई तीव्र गतिमा आएको गाडीले ठक्कर दिँदा बाघको मृत्यु भएको हो । निकुञ्जको उक्त सडकखण्डमा सवारी गति निर्धारण गरिए पनि त्यसको पालना भने भएको छैन । निकुञ्जले अहिले मिश्रसँग बयान लिइरहेको रेन्जर पुनले बताए ।
दुई वर्षअघिको तथ्यांकअनुसार नेपालमा बाघको संख्या २३५ छ । पर्सा निकुञ्जमा बाघको संख्या १८ छ । हालै सरकारले गरेको अध्ययनअनुसार चितवन र पर्सा निकुञ्ज (चितवन–पर्सा कम्प्लेक्स) ले १७५ वयस्क बाघ थेग्न सक्ने (भारवहन) निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको