LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

वीरगञ्ज १४ पुष । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जमा सञ्चालित दुई घरेलु उद्योगमा छापामारी गरेर लाखौँ बराबरको सोयाबिनको तेल बरामद गरेको छ ।प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ आदर्श टोलमा सञ्चालित त्रिदेव रिप्याकेजिङ्ग उद्योग र शिवशक्ति रिप्याकेजिङ्ग उद्योगमा छापामारी गरेर लाखौँ मूल्य बराबरको सोयाबिन तेल बरामद गरेको हो ।
दुवै उद्योगले सोयाबिन तेललाई तिलको तेलको डब्बामा रिप्याकेजिङ्ग गरेर बजारमा थोक मात्रामा बेच्दै आएका थिए । भारतबाट ठूलो मात्रामा सोयाबिनको तेल आयात गरेर दुवै उद्योगले त्यसलाई रिप्याकेजिङ्ग गरेर तिलको तेलको डब्बामा राखेर बजारमा बच्दै आएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
उद्योगहरुले विभिन्न ब्राण्डको नाम दिएर पूजापाठका लागि विशेष गरेर प्रयोग हुने तिलको सट्टा सोयाबिन तेल बजारमा पठाएर बेच्दै आएको प्रहरी अनुसन्धानको क्रममा पाइएको छ । उनीहरुले उपभोक्ताको धार्मिक आस्थामाथि समेत चोट पुर्‍याएको प्रहरीले जनाएको छ ।
यसरी सोयाबिनको तेललाई तिलको तेल भनेर बेच्दा उनीहरुले उपभोक्ताबाट प्रति लिटर ७० देखि ८० रुपैयाँसम्म ठग्ने गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले बताए ।
पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय विर्ताले संयुक्त रुपमा छापामारी गरेर त्रीदेव रिप्याकेजिङ्ग उद्योगबाट ४ हजार ४ सय ५५ लिटर र शिवशक्ति रिप्याकेजिङ्ग उद्योगबाट ८ सय ६० लिटर सोयाविनको तेल बरामद गरेको छ । तेलको बजार मूल्य ७ लाख ५८ हजारभन्दा माथि रहेको डीएसपी कुँवरले जानकारी दिए ।
प्रहरीले दुवै उद्योगका सञ्चालकलाई पनि पक्राउ गरेको छ । कालोबजारी र उपभोक्ता ठगेको आरोपमा प्रहरीले त्रिदेव रिप्याकेजिङ्ग उद्योगका सञ्चालक राजन कुमार बरनवाल र शिवशक्ति रिप्याकेजिङ्ग उद्योगका सञ्चालक दिपक कुमार बरनवाललाई पक्राउ गरेको कुँवरले बताए ।
उनीहरुलाई हिरासतमा थप अनुसन्धान गरी कालोबजारी मुद्दा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक राजेशराज पुरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको