
पोखरिया १५ पुष । पोखरियामा जारी टि २० क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको फाइनलमा कालिकामाई गाउँपालिका फाईनलमा प्रबेश गरेको छ ।
पोखरिया नगरपालिकाको सहयोग र पोखरिया युवा समाजको आयोजनामा पोखरियाको शेरा फिल्डमा भइरहेको प्रतियोगिताको बुधबार भएको खेलमा सखुवा प्रसौनी गाउँपालिकालाई ४ विकेटले हराउदै कालिकामाई गाउँपालिका फाईनलमा प्रवेश गरेको हो ।
ट्च जितेर पहिले ब्याटिङ रोजेको सखुवा प्रसौनी गाउँपालिकाले निर्धारित २० ओभरमा सबै विकेट गुमाइ १७३ रन बनाएको थियो ।
१७४ रनको लक्ष्य पछ्याउँदै कलिकामाइ गाउपालिकाले १७ ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाई फाईनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा मैन ओफ दि मैच कालिकामाइ गाउँपालिकाका अवास तिवारी भएका हुन् ।