LIVE 
छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ता सहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर | धार्मिक सद्भाव र शान्तिका लागि वीरगञ्जमा सर्वपक्षीय बैठक: पाँचबुँदे सहमति | पोखरिया नगरपालिकाको १०औँ हिउँदे नगरसभा सम्पन्न | भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री राज कुमार गुप्तालाई विशेष अदालतबाट थुनामा राख्न आदेश | वीरगंजमा आर्थिक चलखेलमा लाईसेन्स बिक्री हुँदै, असुली गर्दै यातायात कार्यलय र ट्राफिक कार्यालयका बिचौलिया | प्रमुख प्रशासकीय अधिकृत कुशवाहाले सम्हाले कालिकामाई गाउँपालिकाको कार्यभार | धोबिनी गाउँपालिका वडा-२ भिखमपुरमा निशुल्क आँखा शिविर सम्पन्न | छिपहरमाईमा १ करोड २८ लाखको सोलार खरिदमा भ्रष्टाचार, ठुलो आर्थिक चलखेलमा उपभोक्ताबाट गराइयो काम | पर्सा–३ बाट दिपेश साहको नाम सिफारिस | कुम्हालटोलमा ग्यास बिस्फोटपछि भीषण आगलागी |

बिरगंज १५ पुस । बालिमा विभिन्न रोग किराले खराव प्रभाव पारेकोले कृषि ज्ञान् केन्द्र पर्सा, बिरगंजले छिपहरमाई गाउँपालिकाको भिसवा, धोबनी गाउँपालिकाको लंगडि, ठोरि गाउँपालिकाको ढुङे बजार र पटेर्वा सुगौली गाउँपालिकाको फरदवामा बाली स्वास्थय उपचार तथा आकास्मिक शिबिर सम्पन्न भएको छ ।

कृषि ज्ञान् केन्द्र पर्साको आ.ब. २०७७/०७८ को दोस्रो चौमासिक कार्यक्रम अनुसार गेहु, मकै, आलु र तरकारी बालिमा लागेको डरुवा, थृप्स, मोजेक, सुक्ष्म तत्व कमि, झारपात र बाली ओईलाउनु लगायतको समस्याले किसानहरु चिन्तित रहेकोले सोको मध्य नजर गरि पर्सा जिल्लाको ४ स्थानबाट किसानको सहजताको लागि आकस्मिक शिबिर सन्चालन गरिएको छ ।पहिलो दिनको शिबिरमा भिस्वामा २०० जना, दोस्रो दिन धोबनीमा १५० जना, तेस्रो दिन ढुङे बजारमा २८० जना र चौथो दिन फरदवामा २२० जना गरि ८५० जना किसानको बालीको उपचार, परामर्श र एमिडा, क्लोरो ५०५, कर्बेनडा जिम र हेक्सा कोनाजोल लगायतको विषादी वितरण गरिएको कृषि ज्ञान् केन्द्र पर्साका निमित्त प्रमुख मुनिलाल रौनियारले बताए ।शिबिरमा कृषि ज्ञान् केन्द्र पर्साका निमित्त प्रमुख मुनिलाल रौनियारको नेतृत्वमा सम्सुलहक मिया, श्याम किशोर कुर्मी, रामकलेश साह, कुसेस्वर यादव र सुरेश चौरसिया लगायतले प्राविधिक सहयोग गरिएको जिल्ला कृषी सहकारी संघ लि. पर्साका अध्यक्ष शिव कुमार साहले बताए । कार्यक्रममा लेखा प्रमुख चुडा मणि काफ्ले र गापाका प्राविधिकहरुको समेत सहभागिता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको