LIVE 
पकाँहामैनपुरको धोरेमा घटस्थापनाको दिन भव्य कलश यात्रा र्याली निकालिएको छ । | सखुवा प्रसौनी गापा-३ काैवावन कटेयामा रामजानकी मन्दिरकाे गाँउपालिका अध्यक्ष यादवले गरे शिलान्यास | सप्तकोशी नदीमा पानीको वहाव वर्षकै उच्च भएपछि ब्यारेजको ५६ वटै ढोका खोलिएको छ | पकाहा मैनपुर गाँउपालिकाकाे १२ओैं गाँउ सभा सम्पन्न, ३९ कराेड ३९ लाख बराबरको बजेट प्रस्तुत। | नेपाल प्रहरीले असई र इन्स्पेक्टरमा खुलायो नयाँ भर्ना (सूचना सहित) | ‘कल्चरल नेशनल म्युजिक अवार्ड’बाट गायक आदित्य अजय सम्मानित - Pradesh TV | धाेबीनी गाँउपालिकाकाे १० अौ गाउँ सभा सम्पन्न ३९ कराेड १ लाख बराबरको बजेट प्रस्तुत। | अापसी भागभन्डाका कारण नगर र गाउँ सभा हुन नसकदा सेवाग्राही हरु सेवाबाट बन्चित र दिवा खाजा थप | वीरगंजको भाटभटेनी भित्र रहेको क्रन्ची चिकेनमा सडेको मासुको ‘क्रन्ची चिकेन’ बिक्री हुँदै | पकाँहामैनपुर गाउँपालिका वडा नं -१ धोरेमा एक जना महिलाको शव फेला परेको छ |

वीरगन्ज १४ पुस । नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा भोली बुधबार वीरगंजको टाउन हलमा प्रदेश नम्बर २ स्तरिय अगुवा कार्यकर्ता भेला हुने भएको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आज पत्रकार सम्मेलन गरी नेकपाले भेला बारे जानकारी गराएको हो ।नेकपा पर्साका अध्यक्ष प्रभु हजराको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बोल्दै नेकपा प्रदेश २ का ईन्र्चाज एवं स्थायी कमिटि सदस्य सत्यनारायण मण्डलले पार्टी बिभाजन र वर्तमान परिस्थितीबारे नेपाली जनतालाई जानकारी गराउन भेला गर्न लागिएको जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका मण्डलले आन्तरिक कलह नै पार्टी बिभाजनको मुख्य कारण भएको दावी गर्नुभयो । पत्रकार सम्मेलनमा मण्डलले सदन बिघटन रहर नभई बाध्यता भएको बताउदै गणतन्त्र बिरोधी र संघियता नचाहनेहरुको षड्यन्त्र असफल बनाउन प्रधानमन्त्री ओलीले सदन बिघटन गरेको दावी गर्नुभयो । प्रधानमन्त्री ओलीको लोकप्रियता देखेर प्रचण्ड नेपाल समुह आतिएर उहाँलाई घेराबन्दी गरी काम गर्न नदिएको मण्डलले आरोप लगाउनुभयो । उहाँले ताजा जनादेशको लागि निर्वाचनको तयारीमा जुटन सवैलाई आग्रह समेत गर्नुभयो । नेकपा महासचिव एवं अर्थमन्त्री बिष्णु पौडेलको प्रमुख आतिथ्यमा बिहान ११ बजे हुने भेलामा शहरी बिकाश मन्त्री प्रभु साह, महिला तथा समाज कल्याण मन्त्री जुली महतो, स्थायि कमिटी सदस्य रघुबिर महासेठ, कानुन मन्त्री लिला श्रेष्ठ लगायत मन्त्री नेताहरुको सहभागिता रहने संबिधान सभा सदस्य एवं केन्द्रिय सदस्य राज कुमार गुप्ताले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य निर्मला देवकोटा, बसरुदिन अंसारी , बिश्वमभर शर्मा, प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद,जिल्ला कमिटी सदस्य ईमरान अंसारी, प्रेस संगठनका प्रदेश २ का ईन्र्चाज लालबाबु शेख,नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी, राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य बिकाश रौनियार, पर्सा अध्यक्ष महम्द निजाम, ओविसी पर्सा अध्यक्ष अकलेश साह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण जिल्ला कमिटी सदस्य संजिव मिश्राले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको